रुवी राणाको जुत्ता कलेक्सन
काठमाडौं : म एकदमै फेसन कन्सस छु। बजारमा चलेको फेसनलाई फलो गर्छु।मेरो दराजमा प्यान्ट, सर्ट, कुर्ता–सुरुवाल, वानपिस, सारी, गाउन, लेहंगा सबै खालका ड्रेस छन्।
एकैनासभन्दा पनि अलग–अलग रङको ड्रेस लगाउन रुचाउँछु। मेरो दराजमा कालो र नीलो रङका जिन्स प्यान्टको राम्रो कलेक्सन छ। ग्रन्ज जिन्स प्यान्ट औधी मन पराउँछु।
जाडोका लागि मोटा ऊनी लुगा त हुने नै भए। मसँग बुटको पनि राम्रै कलेक्सन छ। हाई हिल्स, नी लेन्थ, एन्कल लेन्थ, थाई लेन्थ बुट मेरो वार्डरोबमा छन्।
स्वेटर, भुवा भएको लेगिङ्स स्याल्क्स पनि छन्।गर्मीमा सिफनको सारी, स्लिभलेस ब्लाउज बढी लगाउँछु। पिंक, पिच, क्रीमलगायत रङका कपडा गर्मीमा बढी लगाउँछु।गर्मीकै लागि भनेर तीन दर्जन सिफन सारी छुट्टाएकी छु।
च्यानल कोको ब्रान्डको पफ्र्युम मन पर्छ।दराजमा भर्साची ब्रान्डको सलग्लास र एमके ब्रान्डको घडी छ। ह्यान्ड ब्याग पनि ब्रान्डेड नै छन् मेरा दराजमा।