सैनिक महाविद्यालयलाई उपाधि

सैनिक महाविद्यालयलाई उपाधि

भक्तपुर : आयोजक सैनिक महाविद्यालयले भक्तपुरमा आइतबार सम्पन्न एघारौं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ। भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको क्रिकेट मैदानमा भएको फाइनलमा राजन मेमोरियललाई ४६ रनले हराउँदै उपाधि जोगाउन सफल भएको हो।

दोस्रो संस्करणदेखि अपराजित रहँदै आएको सैनिकको आइतबार दसौंपटक उपाधि जोगाएको हो। उसले उपाधिसँगै २५ हजार रुपैयाँ नगद पुरस्कार पनि आफैसाथ राख्न सफल भएको छ।

आइतबार टस जितेर व्याटिङमा आएको सैनिकले २० ओभर खेलेर मात्र तीन विकेटको क्षतिमा एकसय ७२ रनको योगफल तयार गरेको थियो। उसको लागि निश्चल तामाङले ७१ रन बनाए। ५० बलको सामना गरेका उनले दस चौका हानेर फाइनलको म्यान अफ द म्याच घोषित हुन सफल भए।
त्यस्तै जवाफजंग मल्लले ४० रन बनाएर आउट हुँदा आशिक खड्काले अविजित हुँदै २५ रनको योगदान दिए।

बलिङतर्फ राजन मेमोरियलका कुनै पनि बलरले कमाल देखाउन सकेनन्। सुसन कार्कीले चार ओभरमा एक विकेट लिँदा निरज खड्काले एक ओभरमा एक विकेट झारे।

जवाफी व्याटिङमा आएको राजन मेमोरियल १७.४ ओभरमा अलआउट हुँदै एकसय २६ रनमा समेटिँदा पराजय स्वीकार गर्न बाध्य भएको थियो। उपविजेतामा सीमित राजनले १५ हजार नगद पुरस्कारमै चित्त बुझाउनुपरेको थियो।

राजनको लागि सुसन कार्कीले क्याच आउट हुनुअघिसम्म सर्वाधिक ७४ रन बनाए। ६० बलको सामना गरेका उनले नौ चौका प्रहार गरेका थिए।
त्यस्तै अनुप नेपालले एक चौकाको मद्दतमा १५ रनको योगदान दिए।

बलिङतर्फ सैनिकका विकल्प पाण्डेले तीन विकेट लिए। यसको लागि उनले २९ रन खर्चेका थिए। त्यस्तै क्रिश कार्कीले २३ रन दिएर दुई विकेट झारे।
प्रतियोगितामा राजन मेमोरियलका अनुप नेपाल म्यान अफ द सिरिज बन्दा राजनकै सुजन तामाङ उदीयमान खेलाडी घोषित भए।

त्यस्तै विजेता सैनिकका निश्चल तामाङ उत्कृष्ट फिल्डर र क्षितिजजंग शाही उत्कृष्ट बल घोषित भए।जेम्सका आइस भट्टराई प्रतियोगिताकै उत्कृष्ट व्याट्सम्यान बन्न सफल भए।

प्रतियोगिताका विजेता स्कुल र खेलाडीसँगै व्यक्तिगत उत्कृष्ट हुन सफल खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले शिल्ड, मेडल र प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गरेका थिए।

११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको विद्यालयस्तरीय एकमात्रै उक्त क्रिकेट प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका १८ वटा स्कुलको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.