चीनमा अर्काको सामाग्री चोर्ने ३९ सय वेबसाइट बन्द
एजेन्सी: चीनमा अर्काको समाचार, तस्बिर, भिडियो र अन्य विद्युतीय सामाग्री चोर्ने ३९ सय वेबसाइटलाई त्यहाँको सरकारले बन्द गरिदिएको छ । चिनियाँ प्रशासनले विभिन्न सरकारी विभागको सहयोगमा अनलाइन साहित्य, संगीत, भिडियो, गेम, एनिमेसन, सफ्टवेयरसँगै मोबाइल एप, क्लाउड स्टोरेज र ई-कमर्स प्लेटफर्मलाई निशाना बनाउँदै लगातार १३ वर्षसम्म यस कारबाहीलाई निचोडमा पुर्याएको हो ।
चीनको कपीराइट निगरानी संगठनले आइतवार बताए अनुसार पछिल्लो पाँच वर्षमा कपीराइट उल्लंघनको मामिलामा कडा कारवाही गर्ने क्रममा ३९०८ वटा वेबसाइट बन्द गरिदिएको हो ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रिय कपीराइट प्रशासनले देशभरमा २२,५६८ पाइरेसीका मामिलाको अनुसन्धान गरेर ६० लाख भन्दा धेरै पाइरेटेड प्रकाशनलाई हटाइदिएको हो ।
चिनियाँ प्रशासनले जनाए अनुसार अनलाइन कपीराइट उल्लंघन गर्नेलाई कडा कारबाही गरेपछि कपीराइट सुरक्षाबारे मानिसमा जागरुकता बढेको पनि जनाएको छ ।