सिरियामा नरसं‌हार: एक सातामा १२१ बालबालिकासहित ५ सय मारिए

सिरियामा नरसं‌हार: एक सातामा १२१ बालबालिकासहित ५ सय मारिए

एजेन्सी: सिरियाको सरकारले विद्रोही समूहमाथि एक सातामा गरेको हवाई हमलामा एक सय बालबालिकासहित ५ सय सर्वसाधरण मारिएका छन् । सरकारी सुरक्षाबलले राजधानी दमास्कस नजिक विद्रोहीहरुको अखडामा गरेको भारी बमबारीका क्रममा एक सातामै ५ सय भन्दा धेरै निहत्था नागरिक मारिएका हुन् ।

सिरियाको संघर्षलाई नजिकबाट हेरिरहेको बेलायतस्थित समूह अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार यो हमलामा मारिनेमा १२१ जना त बालबालिका नै रहेका छन् ।

सिरियाली सुरक्षाबलले रूसको सहयोगमा गत आइतवारदेखि विद्रोहीको क्षेत्रमा हमला गरिरहेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले यस संघर्षलाई रोक्ने प्रयासस्वरुप युद्धविरामको कोशिश गरे पनि सहमति जुट्न सकेको छैन ।

सुरक्षा परिषदले ३० दिनको युद्धविराम चाहेको छ जसले गर्दा उद्धारकर्मीले त्यहाँ पुगेर राहत सेवा चलाउन सकुन् । तर रूसले सिरियाको अहिलेको अवस्थामा युद्धविराम लागू गर्न नसकिने जनाएको छ । उसले इस्लामिक स्टेट समूह तथा नुसरा फ्रन्ट जस्ता समूह सक्रिय भएर दमास्कसमा हमला गरिरहेको जनाउँदै युद्धविराम अस्वीकार गरेको छ ।

रुसको यस भनाइको जवाफमा पश्चिमी राजनीतिककर्मीहरुले भने रूसले यस्तो कुरा गरेर समय बर्बाद गरिरहेको जनाएका छन् । पश्चिमी देशले रुस सिरियाली सुरक्षाबलको ज्यादतिको बचाउमा लागेको भन्दै चिन्ता जनाएका छन् ।

सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार विद्रोहीहरुले गत आइतवारदेखि अहिलेसम्म कम्तिमा पनि १६ जना सर्वसाधरणको हत्या गरिसकेका छन् । तर यसको बदलामा सरकारी फौजले गरेको हमलामा बालबालिकासहित ५ सय भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.