एपीएफलाई उपाधि

एपीएफलाई उपाधि

धनगढी : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ। धनगढीको फाप्ला मैदानमा भएको फाइनलमा पूर्वाञ्चललाई सात विकेटले पराजित गर्दै एपीएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको हो। उपाधि विजेता एपीएफले नगद पाँच लाख प्राप्त गर्‍यो। उपविजेतामा सीमित भएको पूर्वाञ्चलले दुई लाखमा चित्त बुझायो।

टस हारेर व्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै ६० रन जोड्यो। पूर्वाञ्चलको पालीमा काजोल श्रेष्ठले १८ तथा रोमा थापाले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफका रेखा रावल, करुणा भण्डारी, रीतु कनौजिया, अञ्जली चन्द र सीता रानामगरले एकएक विकेट लिए।

६१ रनको लक्ष्य पछ्याएको एपीएफले १६.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो। एपीएफका लागि ज्योति पाण्डेयले २२ तथा सरिता मगरले अविजित रहँदै १५ रन बनाए। पूर्वाञ्चलका शान्ति चौधरी र संगीता राईले एकएक विकेट लिए। प्लेयर अफ दी फाइनल एपीएफकी ज्योति पाण्डेय भइन्।

यस्तै प्रतियोगिताको वुमन अफ दी सिरिज चुनिएकी पूर्वाञ्चलकी कप्तान रुविना क्षत्रीले १० हजार नगद प्राप्त गरिन्। प्रतियोगिताको उत्कृष्ट बलर पनि क्षत्री नै बनिन्। प्रतियोगिताभर एक सय ६ रन बनाएकी पूर्वाञ्चलकी काजोल श्रेष्ठ उत्कृष्ट ब्याट्सवुमन भइन्। उदीयमान खेलाडी सुदूरपश्चिमकी लक्ष्मी साउद र फेयर प्लेको पुरस्कार सुदूरपश्चिम टोलीले जित्यो। उत्कृष्ट सबैले नगद पाँच हजार प्राप्त गरे।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.