बलिउड अभिनेत्री श्रीदेवीको निधन पानीमा डुबेर
नयाँ दिल्ली: बलिउड स्टार श्रीदेवीको मृत्युबारे नयाँ तथ्य बाहिर आएको छ। दुबई पुलिसका अनुसार पोस्टमार्टम रिपोर्टले श्रीदेवीको मृत्यु होटलको कोठामा रहेको बाथ टबमा डुबेर भएको हो ।
एउटा विवाह समारोहमा सहभागी हुन स-परिवार दुबई गएका बेला शनिवार उनको मृत्यु भएको थियो । यसअघि उनको मृत्यु हृदयघातबाट भएको समाचार आएको थियो ।
पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्।
पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्। यसअघि उनको मृत्यु हृदयघातबाट भएको समाचार आएको थियो ।
पढ्नुस्: पतिको चुम्बन र छोरीसँग सेल्फी : श्रीदेवीका २४ स्मरणीय तस्बिर
संयुक्त अरब एमिरेट्सको स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी गरिएको विवरणमा उनको मृत्युको कारणलाई 'दुर्घटनावश डुबेर' भनेको छ । यसभन्दा अघि उनको निधन हृदयघातबाट भएको बताइएको थियो ।
अहिलेसम्म पनि श्रीदेवीको पार्थिव शरीर भारत आइपुगेको छैन । पोस्टमार्टम रिपोर्ट तथा अन्य औपचारिकतापछि मात्रै उनको शव भारत ल्याइनेछ ।
५४ वर्षीय श्रीदेवीले पाँच दशकसम्म चलेको करिअरमा करिब ३ सय वटा फिल्ममा अभिनय गरेकी छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो करिअर केबल चार वर्षको उमेरमा सुरु गरेकी थिइन् । उनले त्यो बेला एक तमिल फिल्म कन्धन करुणईबाट अभिनय यात्रा थालेकी थिइन् ।
८० को दशकलाई हिन्दी फिल्मकी हिरोइनका रुपमा श्रीदेवीको दशक भनिएको थियो । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी थिइन् ।
पढ्नुस्: हृदयघातले लग्यो श्रीदेवीलाई, यी हुन् खतरनाक ६ लक्षण !
जीतेन्द्र र श्रीदेवीले मिलेर एक पछि अर्को सुपरहिट जस्तै हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता फिल्म दिएका थिए । सन् २०१७ मा श्रीदेवीको फिल्म 'मम' रिलीज भएको थियो । श्रीदेवीले फिल्ममा लामो समय खेलिन्, 'मम' उनको ३०० औँ फिल्म थियो । फिल्ममा उनको योगदानका लागि श्रीदेवीलाई 'पद्मश्री' बाट सम्मानित गरिएको थियो ।