श्रीदेवीको मृत्यु प्रकरणमा नयाँ मोड: शरिरमा रगतसँगै भेटियो अल्कोहल

श्रीदेवीको मृत्यु प्रकरणमा नयाँ मोड: शरिरमा रगतसँगै भेटियो अल्कोहल

दुबई: बलिउड अभिनेत्री श्रीदेवीको मृत्युलार्इ लिएर फोरेन्सिक रिपोर्टमा नयाँ खुलासा भएको छ । यो रिपोर्ट अनुसार श्रीदेवीको निधन हृदयघातबाट नभइ होटलको बाथ टब डुबेर भएको हो ।

दुबर्इ पुलिसले सार्वजनिक गरेको फोरेन्सिक रिपोर्टमा श्रीदेवीको शरीरको रगतमा अल्कोहल पनि मिलेको भेटिएको छ ।

यो प्रकरणले नयाँ नयाँ मोड लिइरहँदा श्रीदेवी बेहोस भएर बाथ टबमा ढलेकी समाचार पनि सार्वजनिक भएको छ। पुलिसले यो प्रकरणको अगाडिको जाँचका लागि दुबई प्रोसिक्युसनलार्इ जिम्मेवारी दिएको छ । श्रीदेवीको निधन शनिवार राति भएको थियो ।

मदिराका कारण बाथटबमा खसिन्

गल्फ न्युजले पुलिसलार्इ उधृत गर्दै प्रकाशित गरेको समाचार अनुसार शुरुवाती जाँचमा मदिराको नशामा सन्तुलन बिग्रेर श्रीदेवी बाथटबमा खसेको जनाइएको छ । त्यसपछि उनी त्यहीँ डुबेर निधन भएको गल्फ न्यूजले लेखेको छ ।

खलिज टाइम्सले आइतवार राति उसको रिपोर्टमा पनि श्रीदेवीको शरिर पानीले भरिएको बाथ टबमा पाइएको जनाएको थियो ।

फोरेन्सिक रिपोर्टले के भन्यो ?

श्रीदेवीको फोरेन्सिक रिपोर्टमा यसलार्इ 'एक्सिडेन्टल ड्राउनिङ्ग' अर्थात 'दुर्घटनावश डुब्नु' लेखेको छ।


जाँच्नेले के भने ?

गल्फ न्युजलार्इ एक अधिकारीले बताए अनुसार श्रीदेवीको निधन हुनुअघिको अवस्था पत्ता लगाउन हरेक कोणबाट जाँच्ने काम भइरहेको छ । पुलिस एक-एक कडीलार्इ जोडेर श्रीदेवीको निधनको समयमा को को मानिस त्यहाँ उपस्थित थिए भन्ने पत्ता लगाउनमा जुटेको छ। श्रीदेवी होटलको रूम नम्बर २२०१ मा बसेकी थिइन् ।

कुन बेला निधन भयो ?

श्रीदेवीको मृत्यु शनिवार राति करिब साढे ११ बजे जुमैरा एमिरेट्स टावर होटलको कोठामा भएको थियो । श्रीदेवी आफ्ना पति बोनी कपुर र सानी छोरी खुशीसँगै भाञ्जा मोहित मारवाहको बिहेमा सहभागी हुन दुबर्इ गएकी थिइन् । बिहे २२ तारिखमा भएको थियो ।

शनिवार साँझ होटलमा के भयो ?

परिवारका एक निकटलार्इ उधृत गर्दै खलिज टाइम्सले लेखेको समाचार अनुसार बोनी कपुर बिहेमा सहभागी भएर मुम्बई फर्किएका थिए । २२ फेब्रुअरीमा उनी फेरि दुबर्इ फर्किए । त्यसपछि उनी साँझ साढे ५ बजे जुमैरा एमिरेट्स टावर होटल गए।

त्यहाँ श्रीदेवी बसेकी थिइन् । बोनी श्रीदेवीलार्इ सरप्राइज डिनरमा लाने तयारीमा थिए । बोनीले श्रीदेवीलार्इ उठाएर दुवैजना १५ मिनेट कुरा पनि गरेका थिए । त्यसपछि श्रीदेवी वास रूम छिरेकी थिइन् । जब उनी १५ मिनेटसम्म फर्किनन् तब बोनीले बाथरूमको ढोका ढक्ढकाएका थिए ।

भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उनले धक्का दिएर ढोका खोले । बोनीले श्रीदेवीलार्इ अचेत अवस्थामा बाथटब लडेको देखे । बोनीले उनलार्इ होमा ल्याउने कोशिश गरे तर सफल भएनन् । त्यसपछि उनले आफ्ना साथीलार्इ फोन गरे । उनले करिब ९ बजे पुलिसलार्इ जानकारी दिए ।

बाथरूममा बेहोस भएर लडेपछि उनलार्इ दुबईको रशिद अस्पताल लगियो । जब श्रीदेवीलार्इ उपचारका लागि अस्पताल लगियो, त्यस भन्दा पहिले नै उनको निधन भइसकेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.