साउदी अरबमा सबै आला सैन्य अधिकारी बर्खास्त, महिला बनिन् उपमन्त्री

साउदी अरबमा सबै आला सैन्य अधिकारी बर्खास्त, महिला बनिन् उपमन्त्री

रियाद: साउदी अरबले सोमबार मध्यराति एक शाही उर्दी जारी गर्दै देशका सबै आला सैन्य अधिकारीलार्इ बर्खास्त गरिदिएको छ ।बर्खास्तीम पर्नेमा सेना प्रमुख पनि सामेल छन् ।

बर्खास्तीमा परेका सबै सैन्य अधिकारी वायुसेना र स्थल सेनाका आला अधिकारी सामेल छन् । यसका अलावा साउदी सरकारले केही उपमन्त्रीको पनि नियुक्ति गरेको छ। जसमा एउटा नाम तमादुर बिन्त युसुफ अल रमाह नामकी महिला उपमन्त्री पनि सामेल छिन् ।

साउदी अरबमा कोही पनि महिलाले उपमन्त्रीबन्नु सामान्य कुरा मानिन्न । यो निर्णय यमनमा साउदी नेतृत्वमा बिद्रोहीहरुसँग भइरहेको लडाइँ करिब तीन वर्ष पुग्न लागेको पूर्वसन्ध्यामा भएको हो ।

यमनमा साउदी हस्तक्षेपका कारण हुथी विद्रोही देशको दक्षिणतर्फ सीमित भएका छन् । तर अहिले पनि उनीहरु राजधानी सना र अन्य कयौँ इलाकामा बलियो साथ सक्रिय छन् ।

लगभग तीन सालदेखि लडिरहेको साउदी सेनाले सीधा असर देशको अर्थव्यवस्थालाई अतिरिक्त बोझ दिने देखिएको छ । साथै हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा मिसाइल आक्रमण गर्ने धम्की पनि दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.