चार हजार दर्शकलाई बाँसको प्यारापिट

चार हजार दर्शकलाई बाँसको प्यारापिट

 

बिर्तामोड : फागुन १९ गतेदेखि झापाको डोमालाल राजवंशी रंगशालामा आयोजना हुने झापा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ। खेल हेर्न आउने दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गर्ने र खेलमैदानलाई व्यवस्थित बनाउने काम जारी रहेको आयोजकले जनाएको छ। यसपटक खेल हेर्न दर्शकका लागि मैदानको दायाँबायाँ बाँसको प्यारापिट बनाउने कार्य अन्तिम चरणमा पुगेको छ।

खेलमैदानमा दुबो उमार्ने र मिलाउने कामले पनि गति लिएको मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए। यसअघिका प्रतियोगितामा चार तहको मात्र प्यारापिट निर्माण गरिएकोमा यो वर्ष दुई तह बढाएर ६ तहको बनाइएको छ। अध्यक्ष गिरी भन्छन्, ‘यसपटक प्यारापिटमै बसेर चार हजार दर्शकले खेत हेर्न सक्नेछन्।’

यसैबीच, झापामा फुटबल खेलको विकास र खेलाडीको भविष्य सुरक्षित गर्ने उद्देश्यले झापा—११ क्लबका सबै खेलाडीलाई अनुबन्ध गर्न लागिएको जानकारी तेस्रो झापा गोल्ड कप प्रतियोगिता— २०७४ का अध्यक्ष महेन्द्रकुमार गिरीले दिए। यसअघि झापा—११ का दुई खेलाडी योगेश गुरुङ र देवेन्द्र तामाङलाई मात्र क्लबले दुई वर्षका लागि अनुबन्ध गरेको थियो।

सन् २०१४ को सेप्टेम्बरमा काठमाडौंमा भएको एन्फा कप नकआउट फुटबल प्रतियोगितामा संकटा क्लबलाई हराएर झापा— ११ पहिलो पटक च्याम्पियन बनेको थियो। सन् २०१६ मा भएको रेडबुल राष्ट्रिय लिगमा ‘डेब्यु’ गर्दै झापा— ११ ले लिगको चौथो स्थान पनि हासिल गरेको थियो। त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि छोटो समयमै झापा— ११ लाई ‘ए’ डिभिजन क्लबको मान्यता दिएको थियो। त्यसैले पनि झापा— ११ ले आफ्नो साख जोगाउन सबै खेलाडीलाई अनुबन्ध गर्न लागेको हो।

झापा गोल्डकपको तेस्रो संकरण फागुन १९ गतेदेखि २८ गतेसम्म चल्नेछ। नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगिताको विजेतालाई १२ लाख र उपविजेतालाई ६ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालका नौ र एक विदेशी गरी १० टोलीको सहभागिता रहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.