बैंक अफ बिलाद र सिटी एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता
काठमाडौं : साउदी अरबको बैंक अफ बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ। ग्राहकले एन्जाज सर्भिस सेन्टरको १७९ रेमिट्यान्स सेन्टरबाट नेपालमा सिंधै नगद पठाउन वा नेपालमा रहेका कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्नेछन्।
रेमिट्यान्स सेवा दिनेबारे बैंक अफ बिलाद र सिटी एक्सप्रेसबीच एक कार्यक्रमका बीच हस्ताक्षर भएको सिटी एक्सप्रेसले जानकारी दिएको हो।उक्त कार्यक्रमा सिटी एक्सप्रेसका मनी ट्रान्सफर प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल विलाद बैंकका बैंक प्रमुख साद अल द्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गरेका हुन्।
अल विलाद बैंकले सिटी एक्सप्रेसँग सिधा रेमिट्यान्स सम्भौता भएको खुसी व्यक्त गर्दै आगामी दिनमा सिटी एक्सप्रेससँग नयाँ प्रविधिअनुसार सहकार्य गर्दै जाने बतायो। सिटी एक्सप्रेसले रेमिटान्सले विश्वभरबाट नेपालाम सेवा दिंदै आएको छ।नेपालमा रकम भुक्तानीका लागि उक्त बैंकका ५५००सयभन्दा बढी एजेन्टहरु छन्।