नुवाकोटको रानीपौवा बजारमा रक्तदान
नुवाकोट: मिर्गौला डाइलाइसिस तथा प्रत्यारोपण समाजको आयोजनामा नुवाकोटको रानीपौवा बजारमा रक्तदान गरिएको छ ।
ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाको प्रमुख आतिथ्य तथा समाजका केन्द्रीय अध्यक्ष बिचारी राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमका संयोजक सुर्य तामाङ जिम्बाका अनुसार ककनी गाउँपालिकाको सहकार्यमा सप्पन्न रक्तदानमा जिम्बा मेटल इन्जिनियरिङ्ग वर्कसप तथा राजकुमार लामाले सहयोग गरेका थिए ।
रक्तदान कार्यक्रममा एपीएफ, युएन, पिटिसी ककनिका अधिकृतदेखि जवानहरुले समेत रक्तदान गरेको आयोजक सस्थाका अध्यक्ष बिचारी राइले जानकारी दिएका छ्न ।
प्रत्येक तीन तीन महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको मिर्गौला डाइलाइसिस प्रत्यारोपण समाजको यो १३ औं रक्तदान कार्यक्रम हो । नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र केन्द्रीय कार्यलयको प्राबिधिक सहयोगमा रक्तदान गरिएको हो ।