दुबई प्रहरीले बन्द गर्यो श्रीदेवीको मृत्युको केस, शव भारत ल्याइँदै

दुबई प्रहरीले बन्द गर्यो श्रीदेवीको मृत्युको केस, शव भारत ल्याइँदै

एजेन्सी: दुबई प्रहरीले बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवी कपूरको शव उनको परिवारलाई हस्तान्तरण गर्दै उनको मृत्युको केस बन्द गरेको छ। यो सँगै श्रीदेवीको शव दुवईबाट भारतको मुम्बईमा जहाजबाट ल्याइँदैछ ।

प्रहरीका अनुसार गत शनिवार ५४ वर्षीया श्रीदेवीको मृत्यु 'अचेत भएपछि दुर्घटनावश होटलको बाथ टवमा डुबेर' भएको थियो। दु्बईमा रहेका भाञ्जाको बिहेमा पति बोनी कपुर र छोरीसहित पुगेकी उनको शनिबार राति बसेकै होटलको बाथ टबमा डुबेर मृत्यु भएको थियो ।

यसअघि उनको मृत्युको कारण 'कार्डिएक अरेस्ट' अर्थात् 'मुटुको चाल बन्द' भएर जनाइएको थियो । शवको पोस्टमार्टमसहितका सबै प्रक्रिया पुरा गरेर
सुरक्षित राख्ने विधि प्रयोग गरेपछि श्रीदेवीको शवलाई अन्तिम संस्कारका लागि जहाजबाट भारत हिँडाइएको हो । उनको अन्तिम संस्कार बुधबार अपरान्ह ३ बजेपछि मुम्बईमा गरिने भएको छ । 

श्रीदेवीको निधनसँगै श्रद्धाञ्जली दिन उनका फ्यान तथा ठुलो सं‌ख्यामा सर्वसाधरणहरु मुम्बईस्थित घर बाहिर जम्मा भएका छन्। शवपरीक्षणको प्रतिवेदन नआउँदासम्म दुबई प्रहरीले श्रीदेवीको शव राखेको थियो।

उनको मृत्युबारेको विस्तृत अनुसन्धान सकिएसँगै शव भारत हिँडाइएको हो । श्रीदेवीको पोस्टमार्टमको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । शुरुमा हृदयघातबाट निधन भएको बताइए पनि पछि बाथटबमा डुबेर मृत्यु भएको बताइएकाले यी दुईबीचको कडी जोड्ने प्रयास दुबई पुलिसले गरेको थियो ।

श्रीदेवीले पाँच दशक लामो अभिनयात्रामा करिब ३०० फिल्म खेलेकी थिइन् । उनलाई ८० को दशकमा अभिनेताको साथबिना नै फिल्म सफल पार्ने क्षमता भएकी अभिनेत्री मानिन्थ्यो । भारत सरकारले उनलाई सन् २०१३ मा देशकै चौथो ठूलो नागरिक सम्मान 'पद्मश्री'बाट विभूषित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.