श्रीदेवीको पार्थिव शरिर मुम्बईमा, सडकमा हजारौँको भीड
मुम्बई: बलिउड अभिनेत्री श्रीदेवीको मृत्युसँग जोडिएका सबै शंकाका घेरा तोडिएका छन् । दुबईको सरकारी वकीलले मृत्युमा रहेका शंकालाई चिर्दै परिवारजनलाई उनको शव सुम्पेपछि मंगलबार राति नै मुम्बई ल्याइएको छ ।
अभिनेत्रीको मृत्यु दुर्घटनावश बाथटबमा खसेर भएको थियो । उनका पति बोनी कपुर र अन्य परिवारजनका सदस्य मंगलवार राति निजी जहाजमा पार्थिव शरीर लिएर मुम्बई आएका छन् । बुधवार अपरान्ह करिब ३:३० बजे मुम्बईमा उनको अन्तिम संस्कार हुनेछ ।
दुबईबाट साँझ ६:३० बजे श्रीदेवीको पार्थिव शरीर लिएर बोनी कपुर, छोरा अर्जुन कपुर समेत अन्य परिवारजन राति मुम्बई आएका हुन् । श्रीदेवीको शव ल्याएसँगै मुम्बई विमानस्थलदेखि सडक तथा श्रीदेवीको निवास आसपास हजारौँ मानिस निस्केका छन् ।
यसभन्दा अघि दुबई सरकारको मिडिया हाउसको आधिकारिक ट्विटर ह्यान्डलमा कयौँ पटक ट्विट गरेर यस जटिल मामिलाको स नियमित प्रक्रिया पुरा भएर यो केस बन्द भएको घोषणा गरिएको थियो ।
जाँच एजेन्सीले यो मामिलामा कुनै षड्यन्त्रलाई पुरै नकारिदिएका छन् । दुबईमा भारतीय वाणिज्य दूतले पनि ट्वीट गरेर दुबई पुलिसले पार्थिव शरीरको लेपन गरेपछि शव लाने अनुमति दिएको थियो ।
श्रीदेवीका सौतेनी छोरा अर्जुन कपुर मंगलवार बिहान नै पितासँगै दुबई पुगेका थिए। मुम्बईस्थित परिवारजनले विज्ञप्ती निकालेर पोस्टमार्टम रिपोर्टको जाँचपछि दुबई पुलिस मुख्यालयले पनि मृत्युको कारण बेहोस भएर दुर्घटनावश बाथटबमा लडेर मृत्यु भएको पुष्टि गरेका थिए ।
मुम्बई ल्याएपछि श्रीदेवीको पार्थिव शरीर अन्तिम दर्शनका लागि लोखन्डवालाको सेलेब्रेशन स्पोर्ट्स क्लब, गार्डन नम्बर ५ मा राखिँदैछ । त्यसपछि बुधबार अपरान्ह साढे ३ बजे अन्तिम संस्कार गरिनेछ ।
प्रशंसक र शुभचिन्तकका लागि पार्थिव शरिर बिहान साढे ९ बजेदेखि साढे १२ बजेसम्म श्रद्धाञ्जलीका राखिनेछ । त्यसपछि दिउँसो २ बजे स्पोर्ट्स क्लबबाट शवयात्रा शुरू भएर विले पार्ले सेवा समाज शवदाह गृह र हिन्दु सेमेट्रीसम्म पुग्नेछ । अन्त्येष्टि ३:३० बजे हुनेछ ।