बेहुली जस्तै सजाएर श्रीदेवीको अन्तिम बिदाइ

बेहुली जस्तै सजाएर श्रीदेवीको अन्तिम बिदाइ

एजेन्सी: विश्वभरका आफ्ना करोडौँ फ्यानलाई रुवाउँदै बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवी जिन्दगीको अन्तिम यात्रामा निस्केकी छन् । करोडौँ फ्यानको मन मष्तिष्कमा बस्न सफल उनलाई बेहुली जस्तै सजाएर शव यात्रा मुम्बईबाट निकालिएको हो ।

बलिउडकी 'चाँदनी' श्रीदेवीलाई सेतो फूलले सजाइएको ट्रकमा राखेर अन्तिम यात्रामा निकालिएको हो । यसभन्दा पहिले श्रीदेवीलाई बेहुली जस्तै रातो कपडाले सजाइएको थियो ।

श्रीदेवीको अन्तिम दर्शनका लागि लाखौँ मानिससहित बलिउडका चर्चित हस्तीहरु मुम्बईको सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेका छन् । सलमान खान, शाहरुख, ऐश्वर्या राय र विद्या बालनसहित कयौँ स्टारहरु श्रीदेवीलाई देखेर रोएका छन् ।

अहिले श्रीदेवीको अन्तिम यात्रा शुरू भइसकेको छ । सेतो फूले सजाइएको ट्रकमा पार्थिव शरिर राखिएको छ । ट्रकमा पति बोनी कपुर, छोरा अर्जुन कपुर र छोरी बेटी जाह्नवी रहेका छ्न ।

श्रीदेवीलाई राजकीय सम्मानका साथ अन्तिम विदाइ गरिँदैछ । शवयात्रा अघि नै मुम्बई पुलिसको ब्यान्ड पनि स्पोर्ट्स क्लबमा पुगेको थियो । श्रीदेवीलाई श्रद्धाञ्जली दिन काजोल र अजय देवगन पुगेका थिए ।

श्रीदेवीलाई मुम्बई पुलिसको तर्फबाट राजकीय सम्मान दिइएको छ। सेतो फूलले सजिएको ट्रकमा बेहुलीझैँ सजाएर श्रीदेवीको पार्थिव शरिर राखिएको छ भने ट्रक भन्दा पछाडि कयौँ बलिउड स्टार र हजारौँको भीड छ । श्रीदेवीको पार्थिव शरिर भारतको राष्ट्रिय झण्डाले बेरिएको छ। बुधवार बिहान साढे ९ बजेदेखि श्रीदेवीको पार्थिव शरिर सेलिब्रेशन क्लबमा अन्तिम दर्शनका लागि राखिएको थियो ।

त्यसैगरी अभिनेत्री एश्वर्य राय बच्चन र जया बच्चन पनि श्रीदेवीको अन्तिम दर्शनका लागि पुगेका छन् । त्यसैगरीफराह खान, अक्षय खन्ना र रवि किशन पनि सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेका थिए । 'चाँदनी' को अन्तिम यात्रा अघि अन्तिम श्रद्धाञ्जलीका लागि हेमा मालिनी आफ्नी छोरी ईशा देओलसहित पुगेकी थिइन् ।

बलिउडकी पहिलो लेडी सुपरस्टार श्रीदेवीलाई सेलिब्रेशन स्पोर्ट्स क्लब अन्तिम विदाई गरिएपछि शवयात्रा निस्किसकेको छ । उनको अन्तिम संस्कार आजै दिउँसो साढे ३ बजे मुम्बईस्थित भिले पार्लेको सेवा समाज श्मशान भूमिमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.