यस्तो छ वजन बढाउने काइदा
काठमाडौं : कम वजन भएकाहरूलाई ‘सिकुटे', ‘ख्याउटे', मरन्च्याँसे' आदि भनेर जिस्काइन्छ। प्रोटिनयुक्त आहार सेवन गरेर दुब्लो मानिसले आफ्नो वजन सजिलै बढाउन सक्छन्।यदि तपाईं वजन बढाउने सोचमा हुनुहुन्छ भने तलका यी टिप्सकाे प्रयाेग गर्नुहोस् ।
– तौल बढाउन चामल, माछा, मासु, अण्डालगायत खानुपर्छ। यी सबैमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ।
–दूध तथा दुग्ध पदार्थमा पनि प्रशस्त मात्रामा प्रोटिन पाइन्छ।
–अंकुर निस्केका अनाजमा पनि खूब प्रोटिन हुन्छ । वजन बढाउन चना, क्वाँटी आदि खान सकिन्छ।
–पनिर, घीउ, तेल र तैलीय भोजनले पनि वजन बढाउन मद्दत गर्छ।
–काजु, बदामलगायत ड्राई फ्रुट्समा पनि प्रोटिन प्रशस्त पाइन्छ।
–तौल बढाउन हरियो सागपात, फल, सुप आदि सेवन गर्नुपर्छ।