३२ हजार घुससहित समातिए यातायातका सुब्बा
काठमाडौँ : यातायात व्यवस्था कार्यालय एकान्तकुनामा कार्यरत नायव सुब्बा लेखनाथ भुषाल घुस लिँदै गर्दा रंगेहात समातिएका छन् ।
सवारी चालक अनुमति पत्र बनाउन सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भुषाललाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरी हिरासतमा लिएको हो ।
भुषाललाई नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र (बिआईसिसी) को पश्चिम गेटतर्फ रहेको झक्कु–बक्कु पार्कबाट पक्राउ गरिएको अख्तियारले विज्ञप्तिमा जनाएको छ ।