तालिबानलाई राजनीतिक पार्टीको मान्यता

तालिबानलाई राजनीतिक पार्टीको मान्यता

एजेन्सी
काबुल : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बुधबार सशस्त्र विद्रोही तालिबानलाई राजनीतिक समूहको मान्यता दिने प्रस्ताव राखेका छन्। विगत १६ वर्षदेखि जारी संघर्ष खतम गर्न घानीले यस्तो प्रस्ताव अघि सारेका हुन्।

राजनीतिक प्रक्रियाअन्तर्गत तालिबानलाई एक वैध राजनीतिक समूहको मान्यता दिने उनले जानकारी दिएका छन्। यसका साथै निःशर्त तालिबानसँग वार्ता गर्न पनि उनले आह्वान गरेका छन्।

शान्ति वार्ताका लागि मञ्च तयार गर्ने उद्देश्यले बुधबारदेखि अफगानिस्तानको शान्ति र सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय ‘काबुल सम्मेलन’ शुरु भएको छ। त्यस सम्मेलनमा करिब २५ देशका अधिकारी सहभागी छन्। त्यसै अवसरमा राष्ट्रपति घानीले संघर्षविरामको प्रस्ताव राख्दै कैयौं महत्वपूर्ण घोषणा गरेका छन्। तालिबानसँग शान्तिवार्ताका लागि उनले बन्दीहरूको रिहाइ, तालिबान विद्रोहीलाई सहभागी गराएर निर्वाचन गराउन र संवैधानिक समीक्षा गर्ने पनि उनले जानकारी दिएका छन्।

सम्मेलनमा अफगानिस्तानलाई सहयोग गर्दै आएका दातृराष्ट्र र संगठनहरू पनि सहभागी छन्। अफगानिस्तानमा पछिल्लो समयमा भएको यो दोस्रो पटकको सम्मेलन हो। यहाँ सन् २०१७ को जनवरीमा पनि यस्तै सम्मेलन भएको थियो। यसले यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोग जुटाएको थियो।

अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै घानीले भने, ‘हामी शान्ति सम्झौतालाई अघि बढाउन कुनै शर्तविना यस्तो घोषणा गरेका छौं।’ अब तालिबान हतियार छोडेर तत्काल शान्ति प्रक्रियामा आउने अपेक्षा गरेको उनले बताए। यसैका लागि तालिबानलाई एउटा संगठन मानेको पनि उनले खुलासा गरे। शान्ति वार्ताको वातावरण निर्माण गर्न तालिबानले काबुल वा उसले चाहेको कुनै ठाउँमा राजनीतिक कार्यालय खोल्न तालिबानलाई उनले आह्वान गरे।

यो आह्वानबाट अफगान सरकार तालिबानप्रति बदलिएको स्पष्ट हुन्छ। यसअघि घानीले निरन्तर रूपमा तालिबान आतंककारी र विद्रोही भएको र त्यसलाई निर्मूल गर्ने दाबी गर्दै आएका थिए। सन् २००१ मा अमेरिकी सेनाद्वारा हस्तक्षेप गरिएपछि तालिबानले लगातार रूपमा इस्लामिक शासन कायम गर्न संघर्ष गर्दै आएको छ। तालिबानले अफगान सरकारसँग वार्ता नगर्ने र अमेरिकासँग मात्र वार्ता गर्ने माग गर्दै आएको थियो। घानीको यो आह्वानपछि तालिबानको व्यवहार के हुने भन्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय सम्मेलनबाट तालिबानलाई पनि दबाब पर्ने अड्कल गरिएका छन्।

अफगानिस्तानमा गएको करिब दुई दशकदेखि अमेरिकी सहयोगको सरकार छ भने तालिबानले हिंसात्मक युद्ध गर्दै आएका छन्। युद्धले यहाँको सामाजिक अवस्था, अर्थतन्त्र र नागरिकको साधारण जीवनशैलीमा पनि नराम्रो प्रभाव पार्दै आएको छ। तालिबानको आक्रमणका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ भने सुरक्षा कारबाहीमा उनीहरू पनि प्रायः दैनिकजसो मारिने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.