शंकराचार्य जयेन्द्र सरस्वतीको निधन

शंकराचार्य जयेन्द्र सरस्वतीको निधन

एजेन्सी
चेन्नई : काञ्चीमठका प्रमुख शंकराचार्य जयेन्द्र सरस्वतीको बुधवार तमिलनाडुको काञ्चीपुरममा ८२ वर्षको उमेरमा देहावसान भएको छ। श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गत वर्षदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो।

कैयौं शैक्षिक संस्थान, अस्पताल जस्ता सामाजिक संस्था सञ्चालन गर्दै आएको काञ्ची कामकोटि पीठको स्थापना पाँचौंँ शताब्दीमा आदि शंकराचार्यले गरेका थिए। उनी त्यसै मठको ६९ औं प्रमुख थिए। २२ मार्च सन् १९५४ मा उनलाई चन्द्र शेखरेन्द्र सरस्वती स्वामिगलका उत्तराधिकारी घोषित गर्दै श्री जयेन्द्र सरस्वतीको उपाधि दिइएको थियो। उनीमाथि सन् २००४ मा एक कर्मचारीको हत्या गरेको आरोप लागेको थियो। जयललिता सरकारले उनलाई गिरफ्तार पनि गरेको थियो। सन् २०१३ मा अदालतले उनी लगायत आरोपितलाई निर्दोष घोषणा गरेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा दुःख प्रकट गरेका छन्। जयेन्द्रसँग खिचेको तस्बिर ट्विट गर्दै मोदीले लेखेका छन्, ‘ श्री काञ्ची कामकोटि पीठका आचार्य जगद्गुरु पूज्य श्री जयेन्द्र सरस्वती शंकराचार्यको निधनबाट निकै दुःखी छु। उहाँ आफ्नो सेवा र विचारद्वारा लाखौं श्रद्धालुको मन र मस्तिष्कमा सधैं जीवन्त रहनु हुनेछ।’ जयेन्द्रले सन् १९८३ मा शंकर विजयेन्द्र सरस्वतीलाई आफ्ना उत्तराधिकारी घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.