सेलिब्रिटीको होली हंगामा (फोटोफिचर)

सेलिब्रिटीको होली हंगामा (फोटोफिचर)

तस्बिर : सुनिता डंगोल

काठमाडौं : ग्ल्यामरको रंगीन दुनियाँमा रमाउने नेपाली सेलिब्रिटीहरूले बिहीबार रङहरूसँग खेल्दै यस वर्षको फागु पर्व (होली) घूमधामसँग मनाएका छन्। नायक भुवन केसीको निवासमा बिहान स्टार छोरा अनमोल र नायिका जिया केसीलाई रङ दलेर होली मनाए। उनी राजधानीमा आयोजना भएका अन्य सार्वजनिक कार्यक्रममा भने खासै देखिएनन्।

नायिका करिश्मा मानन्धरले हरेक वर्षझैं यस वर्ष पनि गोदावरीस्थित निवासमा चलचित्र उद्योगका कलाकार जम्मा पारेर होली हंगामा कार्यक्रम गरिन्। उनको निवासमा दिउँसो १२ बजेदेखि कलाकारको जमघट सुरु भएको थियो। राजेश हमाल र भुवन केसी भने उक्त जमघटमा देखिएनन्। करिश्माकी सहकर्मी नायिका गौरी मल्ल बाबुको शोकमा भएकीले उपस्थित भइनन्। रेखा थापादेखि शिव श्रेष्ठ र नयाँ पुस्ताका कलाकार करिश्माको निम्तो मान्न पुगेका थिए। नाचगानका साथमा खानपिनको मज्जा दिँदै कलाकारले होली मनाएका थिए। धेरै ठाउँमा पीआर मेन्टेन गर्न पुग्नुपर्ने भएकाले धेरै कलाकार तथा गायकगायिका हतारमा देखिन्थे। करिश्मा र उनका पति विनोद अतिथिसँग खुलेर नाचेका थिए। यसपालि कलाकारभन्दा गैरकलाकार पनि धेरै उपस्थित थिए।

उता एक्सन हिरो निखिल उप्रेतीले पत्नी नायिका सञ्चिता लुइँटेल र छोराछोरीका साथमा रमाइलो गर्दै होली मनाए। चलचित्र शत्रु गते टिमले नयाँ बानेश्वरमा एक कार्यक्रम गरी होली मनायो। कार्यक्रममा हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले प्रहसन प्रस्तुत गरेर उपस्थित दर्शकलाई हँसाएका थिए। साथै चलचित्र अन्य कलाकारले पनि आफ्ना प्रस्तुति दिएका थिए। छक्का पञ्जा जोडी दीपकराज गिरी र दीपा श्री निरौलाले पनि खुलेर होली मनाए। नायिका रेखा बिहानै रङ अबिर लिएर होली खेल्न तयार भएकी थिइन्।

यसैगरी प्रदर्शनको क्रममा रहेका चलचित्रहरूले आफ्नै चलचित्रका कलाकार प्राविधिक जम्मा पारेर मनोरञ्जन गरे। चलचित्रको प्रवद्र्धन गर्न मद्दत पुग्ने गरी उनीहरूले कार्यक्रम आयोजना गरेका थिए। चलचित्र पञ्चायतको टिमले नायिका नीता ढुंगाना, नायक सरोज खनाललगायत जम्मा पारेर कार्यक्रम गर्‍यो भने मंगलम् टिमले पनि निर्माता छवि ओझा, नायिका शिल्पा पोखरेल, निर्देशक नवल नेपाललगायत जम्मा पारेर होलीको रमझम गर्‍यो।

विभिन्न रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा संघसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुन हास्यकलाकार, नायकनायिका र गायकगायिकालाई दिनभर भ्याइनभ्याइ थियो। यसै क्रममा पाटन दरबार स्क्वायरमा एपी वान एचडी टेलिभिजनले आयोजना गरेको होलीको कार्यक्रममा पनि गायकगायिका तथा कलाकार उपस्थित भएर दर्शकलाई मनोरञ्जन गराएका थिए। कार्यक्रममा धीरज राई, राजीव लोहनी, प्रास्ना शाक्य, विनोद ढकाल, टंक बुढाथोकी, नेपाल आइडल कन्टेस्टेन केन्जल मेहेर श्रेष्ठ, शशी रावल, सोनमा पार्खिन, सन्ध्या जोशी, फिल्म शत्रु गते टिमलगायतका कलाकार उपस्थित थिए। मह जोडी पनि कार्यक्रममा उपस्थित थिए। स्टेजमा रूपै मोहनी गीतमा मह जोडी नाच्दा उपस्थित सबै उत्साहित भएका थिए। फिल्मका अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा पनि कार्यक्रममा उपस्थित भए। रेडियो अन्नपूर्णले पनि होलीको अवसरमा कार्यालयपरिसरमा विशेष कार्यक्रम आयोजना गर्‍यो।

लिस्नर्स क्लब अफ नेपाल, रोटरी क्लब अफ राजधानी र त्रिशक्ति महिला समूहको संयुक्त आयोजनामा होली विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गायकगायिका, साहित्यकार समाजसेवीको उपस्थिति थियो। शिल्पी थिएटरमा पनि होली उत्सव मनाइएको छ। लेखक कलाकार, कवि रंगकर्मीको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.