स्कुटर किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

स्कुटर किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

 
‘स्टाइल’ र ‘कम्फोर्ट’लाई ध्यान दिनुहोस्

दैनिक प्रयोगमा स्कुटर सबैभन्दा सजिलो साधन बनेको छ। मूल्यका हिसाबले बाइकभन्दा सस्तो पनि हुन्छ। अन्य सवारी साधनभन्दा सस्तो, कम मर्मत खर्च, चलाउन सजिलो र आरामदायी भएकै कारण स्कुटर लोकप्रिय बन्दै गएको छ।

सहरी आवागमनमा त स्कुटर सबैको रोजाइ बनेको छ। महिलाले सारी, मिनीस्कर्ट, पाइन्ट, कुर्ता सुरुवाललगायत जुनसुकै पहिरनमा स्कुटर सजिलै चलाउन सक्छन्। स्कुटर बाइकभन्दा चलाउन पनि सजिलो छ। यो एउटा विविधतायुक्त साधन पनि हो। हलुका हुनाले महिलाले स्कुटर सजिलै चलाउन सक्छन्। स्कुटर लोकप्रिय हुनुको अर्को कारण हो, यसमा रहेको स्टोरेज। स्कुटरको डिक्कीमा पर्स, विन्ड स्वेटर, भ्यानिटी बक्स, रेनकोट र हेलमेट सुरक्षित राख्न सकिन्छ।

यातायातमा समस्या भोगिरहेका युवा पुस्ताका लागि स्कुटर उपयुक्त साधन बनेको छ। स्कुटर महिलाका लागि मात्र होइन, पुरुषका लागि पनि उत्तिकै सजिलो साधन भएको छ। चर्को ट्राफिक जाममा स्कुटर चलाउन त्यति अप्ठ्यारो पनि हुँदैन। यसको रनिङ कस्ट पनि बाइकको तुलनामा कम छ। पुरुषले पनि फेमिली सपिङमा जाँदा होस् वा बच्चालाई स्कुल पु¥याउँदा स्कुटर नै प्रयोग गर्न रुचाउँछन्। अझ कोरियन पप संस्कृतिबाट प्रभावित टिनएजरहरू कुल र क्युट देखिन स्कुटर कुदाइरहेका देखिन्छन्। त्यसैले स्कुटर टिनएजर, युवा, गृहिणी, बयस्क र जुनसुकै पेसामा आबद्धहरूको मनपर्ने साधन बनेको छ।

स्कुटर किन्नु प¥यो भने कस्तो किन्ने त ? बजारमा अहिले धेरै ब्रान्डका दर्जनौं मोडलका स्कुटरहरू छन् जसबाट एउटा छान्नु कम चुनौतीपूर्ण छैन। यदि कसैले स्कुटर किन्ने सोच बनाउनु भएको छ भने उल्लेखित कुरामा ध्यान दिनु सबैका लागि फाइदा हुन्छ।

१) स्कुटर किन्दा सबैले पावर र माइलेज त हेर्नुहुन्छ नै। स्टाइल र कम्फोर्टलाई पनि उत्तिकै ध्यान दिनुहोस्। स्टाइलले चालकलाई ‘कन्फिडेन्स’ दिन्छ भने ‘कम्फोर्ट’ले आराम दिन्छ। ‘बडी पोजिसनिङ’ नमिलेको स्कुटर भए हाड र नसाको दीर्घकालीन समस्या हुनसक्छ। ‘कम्फोर्ट’ले दुर्घटनाको जोखिमलाई पनि कम गराउँछ। बजारमा धेरै स्कुटर छन्, तर ‘स्टाइल’ र ‘कम्फोर्ट’ पनि ख्याल गर्नुहोस्।

 महिलाले सारी, मिनीस्कर्ट, पाइन्ट, कुर्ता सुरुवाललगायत जुनसुकै पहिरनमा स्कुटर सजिलै चलाउन सक्छन्। स्कुटर बाइकभन्दा चलाउन पनि सजिलो छ।

२) आफ्नो रोजाइको स्कुटर छान्नुहोस्। नेपालमा उपलब्ध स्कुटरको इन्जिन क्षमता साधारणतया १०० देखि १५० सीसीको बीचमा छ। सहरी क्षेत्रमा मात्र चलाउने हो भने कम क्षमताको स्कुटर उपयुक्त हुन सक्छ। तर, यदि लामै दुरी तय गर्नुपर्ने छ र दैनिक लामो दुरीको यात्रा गर्नु पर्ने छ भने हाई क्यापासिटीको स्कुटर रोज्नुहोस्।

३) सेकेन्ड ह्यान्ड स्कुटर नलिँदा राम्रो। स्कुटरको जीवन बाइकको तुलनामा छोटो हुन्छ। र, नयाँ स्कुटरको मूल्य पनि कम नै हुन्छ। यदि सेकेन्ड ह्यान्ड स्कुटर नै किन्ने सोच्नुभएको छ भने वारेन्टी बाँकी भएको स्कुटर खोज्नु उपयुक्त हुन्छ। प्रयोग भइसकेको स्कुटर किन्नाले पैसा त बचाउला तर यसले मर्मत खर्च बढाउन सक्छ।

४) स्कुटर किन्नुभन्दा पहिला नै स्कुटर चलाउन जानेको हुनुपर्छ। केटीहरू आफ्ना केटा साथीको सहयोग लिन सक्छन् जसले आफ्नी दिदी वा आमाको स्कुटर ल्याएर स्कुटर चलाउन सकोस्। होइन भने आफ्ना आफन्त वा साथीको स्कुटरबाट सिक्न सक्नुहुनेछ।

५) स्कुटर किन्दा स्टोरेज एरिया कत्रो छ ख्याल गर्नुहोस्। दैनिक रूपमा बोक्ने सामान सबै अट्छ कि अट्दैन हेनुपर्छ।

६) स्कुटर किन्नका लागि अनिवार्य लाइसेन्स हुनुपर्छ। केही वर्षअघिसम्म पनि यो अनिवार्य थिएन। तर अहिले नियम परिवर्तन भएको छ। नयाँ स्कुटर किन्दा आफ्नो लाइसेन्स उपलब्ध गराउनु पर्छ।

७) स्कुटर सस्तो हुन्छ भन्दैमा हेल्मेटमा खर्च गर्नु हुँदैन भन्ने छैन। स्कुटर चढ्दा फुलफेस हेल्मेट नलगाउनुहोला तर तपाईंले किन्ने हेल्मेटले तपाईंको टाउको र आँखा राम्ररी छोपिन्छ कि छोपिँदैन भन्नेमा ध्यान दिनुहोस्।

८) नयाँ स्कुटर किन्दा सिजनल वा फेस्टिभ पिरियडको मौका सदुपयोग गर्नुहोस्। यस्तो बेला बिक्रेताले डिस्काउन्ट र स्पेसल अफरहरूको व्यवस्था गरेको हुन्छ।

000

 

होन्डको डब्लूआर–भी सार्वजनिक

होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डाको नयाँ डब्लूआर–भी कार सार्वजनिक गरेको छ। एक सय ८८ एमएम ग्राउन्ड क्लियरेन्सका साथ आएको कारमा सुरक्षाका लागि एन्टी लक ब्रेकिङ सिस्टम, ड्युल एसआरएस फ्रन्ट एयर ब्याग, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसनलगायत सुविधा छन्।

कारमा पुस बटन, स्टार्ट, स्नोरुफ, रियर क्यामरा पनि छ। यो कार डिजेल र पेट्रोल दुवै भेरियन्टमा उपलब्ध छ। १.२ लिटर आई–भीटीईसी पेट्रोल र १.५ लिटर आई–डीटीईसी डिजेल इन्जिनमा उपलब्ध कारले क्रमशः ८९ र ९९ बीएमपी पावर प्रदान गर्नेछ। कारमा ५ र ६ स्पिड म्यानुअल ट्रान्समिसन गियरमा उपलब्ध छ। कारको नेपाली बजार मूल्य ४१ लाख २५ हजारबाट सुरु हुने कम्पनीले जनाएको छ।

रेनोल्ट क्विड परेड

रेनोल्ट गाडीको नेपाली बिक्रेता एड्भान्स अटोमोबाइल्सले क्विडका ग्राहकलाई ‘परेड’ मार्फत सानदार ड्राइभिङ अनुभव प्रदान गरेको छ। शनिबार आयोजित परेडमा २१ क्विड सहभागी थिए। नेपाली कम्प्याक्ट ह्याचब्याक बजारमा क्विड लोकप्रिय कार हो।

साहसिक परेड गराउनुको मुख्य उद्देश्य रेनोल्टका मालिक र क्विडका ग्राहकलाई एकै ठाँउमा भेला गराएर साहसिक ड्राइभिङको आनन्द प्रदान गराउने थियो। परेडमा सहभागी ग्राहकले उपत्यकाभन्दा बाहिरको यात्रा गरेर मनमोहक दृष्यको अवलोकन गर्न पाएका थिए।

परेड कार्यक्रम रेनोल्टको थापाथली सोरुमबाट सुरु भई नगरकोटको होटल कन्ट्री भिल्ला पुगेर सम्पन्न भएको थियो। परेडमा ग्राहकले रमाइलो महसुस गरेका थिए। कार्यक्रममा क्विड धनी र तीनका परिवार गरी करिब ६० जनाको सहभागिता थियो। ग्राहकको मनोरन्जनका लागि नगरकोटमा मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो।

सोही कार्यक्रममा रेनोल्टले नेपालमा आफ्ना ग्राहकसँग सामिप्यमा रहन आयोजना गर्दै आएका कार्यक्रमको जानकारी गराइएको थियो। कम्पनीले भविष्यमा नेपाल आउने रेनोल्ट कारबारे पनि जानकारी गराएको थियो। नेपाल भित्रिएको छोटो समयमै रेनोल्ट लोकप्रिय भइसकेको छ। रेनोल्टको कम्प्याक्ट एसयूभी डस्टरले नेपाली कार पारखीको ध्यान मोडेको छ।

परेडमा जोडिएका ग्राहकले रोमाञ्चक र साहसिक यात्रामा जोडिन पाउँदा खुसी व्यक्त गरेका थिए। रेनोल्टले यस्ता कार्यक्रम निकट भविष्यमा देशका सबै क्षेत्रमा गर्ने प्रतिबद्धता जनाएको छ। परेडले रेनोल्टका ग्राहकका लागि नयाँ जेनेरेसनको सवारीचालक अनुभूति हासिल गर्न सहयोग पुगेको विश्वास छ।

क्विड ग्राहक लोभ्याउने कार हो। यसमा १.० लिटरको पेट्रोल इञ्जिन छ। नेपालमा क्विडको मूल्य १६ लाख ९० हजारबाट सुरु हुन्छ। पछिल्लो समय भित्रिएको अल न्यु क्विडको मूल्य २० लाख ९० हजार रुपैयाँ छ। एसयूभी गाडी सरह क्विडमा पनि उच्च ग्राउन्ड क्लियरेन्स छ। क्विडमा एक सय ८० एमएम ग्राउन्ड क्लियरेन्स छ। यही कारण सानातिना खाल्डाखुल्डीमा क्विड सहजै कुदाउन सकिन्छ। कारमा चालकको सुरक्षाका लागि एयरब्याग राखिएको छ।

कारमा सात इञ्चको टचस्क्रिन मिडिया सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वान टच लेन चेञ्ज इन्डिकेटर, रेडियो स्पिडको आधारमा नियन्त्रण हुने भोल्युम, लोड लिमिटर्स विथ प्रिटेन्सनर्स प्रो–सेन्स सिट बेल्टलगायत अब्बल सुरक्षा फिचर छन्।

कार एन्ड कन्सेप्ट

सुजुकी कन्सेप्ट फिचर एस

सुजुकी मोटर्सले केही वर्षभित्र बजारमा ल्याउने कारको ‘कन्सेप्ट फिचर एस’ सार्वजनिक गरेको छ। कम्पनीले कम्प्याक्ट एसयूभी कारको कन्सेप्ट दिल्ली अटो सोमा सार्वजनिक गरेको हो। यात्रुको रमाइलो यात्रालाई मध्यनजर गरी कार निर्माण गर्न लागेको कम्पनीले जनाएको छ।

कन्सेप्ट कारको बाहिरी बनावट जती आकर्षक देखिन्छ, त्यो भन्दा पनि आकर्षक भित्री बनावट र फिचर हुने कम्पनीको दाबी छ। कम्पनीले कारको भित्री भागमा रहेको क्याबिनमा बढी फोकस गरेको छ। क्याबिनमा ह्युमन मेसिन इन्टरफेसको प्रयोग गरिएको छ जुन मानवमैत्री छ। यात्रामा कारसँग अन्तक्र्रिया गर्दै रमाइलो यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका कार्यकारी निर्देशक केनिची आयुकावाका अनुुसार पछिल्लो समय कम्प्याक्ट एसयूभी कार ग्राहकको रोजाइमा परेको छ। कम्प्याक्ट एसयूभी सेगमेन्टमा अझ फ्रेस, बोल्ड र डाइनामिक कारका रूपमा कन्सेप्ट तयार गरिएको छ। उनी भन्छन्, ‘यो कम्पनीको सबैभन्दा उत्कृष्ट डिजाइन पनि हो।’ यो कार सन् २०१९ को मध्यतिर बजारमा ल्याउने अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.