अब कोही पनि नेपाली भोकै मर्नु पर्दैन : प्रधानमन्त्री ओली

अब कोही पनि नेपाली भोकै मर्नु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपाली अब भोकै पर्नु नपर्ने बताएका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले कागजी रुपमा मात्र नभएर समृद्धिको अनुभूति जनतालाई दिने भन्दै यस्तो बताएका हुन् ।

‘हामीले समृद्धि प्राप्त ग¥यौँ भनेर मात्र हुँदैन । जनताको जीवन स्तरबाट यस कुराको पुष्टि हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब कोही पनि नेपाली भोकै मर्नु पर्ने अवस्थाको अन्त्य हुन्छ, केही बर्षभित्र नेपाल अल्पविकशित देशको सूचीबाट विकसित देशमा पुग्छ ।’

सरकार जनताप्रति उत्तरदायी हुने उनको भनाइ छ । सरकारको सम्पूर्ण प्रयास नेपाल देशको विकास र समृद्धिका लागि हुने उनले
बताए । ‘सरकारका हरेक कदम सुधारका लागि, विकासका लागि र जनताका हितका लागि हुनेछन्’, प्रधानमन्त्री ओलीले भने ।

ओलीले सरकारले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउने बताए । हरेक तहका व्यक्तिले आफूभन्दा तल्लो तहका व्यक्तिको नजरमा गिर्ने काम नगरेमा भ्रष्टाचार स्वत अन्त्य हुने प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गरेका छन् । ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने, ‘चिकित्सकको क्षमताको गुणस्तरीयता र भौतिक गुणस्तरीयता दुवै आवश्यक छ ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.