सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

काठमाडौँः बलिउडका चर्चित अभिनेता सलमान खानको उपस्थितिमा काठमाडाँमा हुन लागेको दब्याङ्ग टुर तत्कालका लागि स्थगित भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गते हुन लागेको यो कार्यक्रम तत्काललाई स्थगित गरेको हो ।

‘तत्कालका लागि सुरक्षाका कारण सलमान नेपाल नआउने भएका छन्, त्यहीकारण दब्याङ्ग टुर पनि स्थगित गरिएको छ’ आयोजक ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तर, हामी यो कार्यक्रम चारदेखि पाँच हप्ताको बीचमा फेरि आयोजना गर्छौँ, यसबारे सलमानसँग कुरा भइरहेको छ ।’

अभिनेता सलमान, अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनीष पावलसहितको टोली काठमाडौँ आउने पक्का भइसकेको थियो।

सलमान नेपाल आउनेबारेमा उनका भाइ सोहेल खानले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी पनि दिइसकेका थिए । तर, विप्लव नेतृत्वको नेकपाको सुरक्षा थ्रेटलाई सलमानसहितको टिमले गम्भीररुपमा लिँदै तत्काल नेपाल नआउने निर्णय गरेको हो ।

कार्यक्रम स्थगित भएकोबारेमा इभेन्ट म्यानेजर ओडिसीले आजै साँझसम्म औपचारिक प्रेस विज्ञप्ती निकाल्ने भएको छ । अर्कातिर सलमानले पनि तत्कालका लागि नेपाल आउने कार्यक्रम स्थगित भएको जानकारी आजै सामाजिक सञ्जालमार्फत दिने भएका छन् ।

विप्लव नेतृत्वको नेकपाले कार्यक्रम बिथोल्ने धम्की दिएको जानकारी सलमानलेकेहि दिनअघि नै पाइसकेका थिए । सलमानको कार्यक्रम बिथोल्ने नेकपाको धम्कीबारे भारतीय मिडियाले पनि चर्चाको विषय बनाएका थिए ।

आयोजक ओडिसीले यो कार्यक्रमका लागि करिब ५ हजार थान टिकट पनि बेचिसकेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.