१७ सय उत्तरपुस्तिका २ घण्टामै परीक्षण

१७ सय उत्तरपुस्तिका २ घण्टामै परीक्षण

भरतपुर : ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’का तीन वटै पुरस्कार एसओएस हर्मन माइनर विद्यालय भरतपुरका विद्यार्थीेले प्राप्त गरेका छन् । गएको शनिबार भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना गरिएको परीक्षामा सहभागी करिब १७ सय परीक्षार्थीमध्ये एसओएस हर्मन माइनर विद्यालयका विद्यार्थीले दुई वटा सान्त्वनासहित प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरी क्रमशः २५ हजार, १५ हजार, १० हजार प्राप्त गरेका छन् । हिन्दु स्वयम् सेवक सङ्घ नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

हिन्दु स्वयम् सेवक सङ्घ नेपाल, चितवनका सदस्यहरुको विशेष सक्रियतामा हिन्दु दर्शन, मूल्य, संस्कृति, इतिहास, भूगोलसहित नेपालका विशेष पहिचानलाई जनाउने आठ सय प्रश्न र तिनका उत्तरको सङ्कल नभएको ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ नामक पुस्तक पढेर त्यसै पुस्तकबाट सोधिएका ५० प्रश्नहरु मिलाएका ४ जना मध्ये गोलाप्रथाद्वारा छान्दा एसओएसका रञ्जन सुवेदी, विनीता बाँस्तोला र इन्दिप पौडेलले प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेको थिए ।

कार्यक्रममा एसओएस हर्मन माइनर विद्यालयकै निशाश्रेष्ठ र ईश्वर पोखरेल, अमर एभरेष्ट इङ्गलिस स्कुलका दिवस बोगटीसहित आदर्श पब्लिक स्कुल, स्टेप बाइ स्टेप, अरोमा इङ्गलिस स्कुल, जनज्योतिमावि, लगायत विद्यालयका २० जनाले सात्वना पुरस्कार स्वरुप जनही १००० का दरले नगद र प्रमाणपत्र प्राप्त गरेका थिए ।

चितवन जिल्लाको इतिहासमै हाम्रो देशको मूल्य, संस्कार, संस्कृति, सनातन पहिचान, धर्म आदिबारे ज्ञान प्रदानगर्ने उद्देश्यले आयोजित यस्तो कार्यक्रम नितान्त पहिलो भएको आयोजकहरुले बताएका छन् । सत्र सय विद्यार्थीका उत्तरपुस्तिका करिब २ घण्टाभित्रैमा परीक्षण गरिएको थियो ।

उत्तरपुस्तिका परीक्षण भइरहेका बेलामा विभिन्न विद्यालयका छात्रछात्राहरुले नृत्य र गीत प्रस्तुत गरेका थिए । प्रमुख अतिथिका रुपमा आफ्नो मन्तव्य व्यक्त गर्दै सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार एवम् नेसनल ल कलेजका निर्देशक डा. रामकृष्ण तिमिल्सिनाले पूर्वीय जीवनदर्शन र हिन्दु वैदिक संस्कृतिका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमका सहसंयोजक एवम् एसओएस बालग्राम नेपालका नायब राष्ट्रिय निर्देशक भोलानाथ पौडेलले उपस्थित सबैलाई स्वागत गरेको सो कार्यक्रममा चालक कवि राजगिरिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका संयोजक नारायण चालिसे, प्याब्सन चितवन अध्यक्ष देशबन्धु अधिकारी, नेपाल शिक्षक महासङ्घ अध्यक्ष कोमलनाथ घिमिरे, वीरेन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन सापकोटा, हेमशर्मा आचार्य, राजकुमार गुरुङलगायतले मन्तव्य व्यक्त गरेको सो कार्यक्रम लक्ष्मण भण्डारीले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.