फोरम सरकारमा सहभागी भएपछि मात्र संविधान संशोधन : प्रचण्ड

फोरम सरकारमा सहभागी भएपछि मात्र संविधान संशोधन : प्रचण्ड

अछाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी भएपछि मात्र संविधान संशोधनको विषयमा छलफल हुने बताएका छन्।

शुक्रबार अछाम पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको बताए। ‘संघीय समाजवादी फोरमसँग सहमति भइसक्यो’, प्रचण्डले भने, ‘संविधान संशोधनको विषयमा भने फोरम सरकारमा सहभागी भएपछि मात्र हुन्छ।’

उपेन्द्र यादव नेतृवको फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवादी केन्द्र तयार भइसकेको पनि प्रचण्डले बताए। मधेस आन्दोलनका क्रममा उठाइएका मुद्दालाई राजनीतिक छलफल र सहमतिका आधारमा संविधान संशोधन हुने उनले प्रष्ट पारे।

प्रचण्डले संघीय सरकारको पूर्णता पाएसँगै आफूहरु सुशासन र समृद्धिसहितको विकास निर्माणमा केन्द्रित हुने उनको भनाइ छ। ‘सुशासन र विकास निर्माणका कामहरूलाई प्राथमिकतामा राखेर देशलाई नयाँ गतिमा अगाडि बढाउने योजनामा हामी छौँ।’

एमालेसँगको एकताको विषयमा बोल्दै प्रचण्डले चैतमा दुई दल एक हुने बताए। उनका अनुसार एकता सम्बन्धी कार्यादलले २५ गते प्रतिवेदन बुझाएपछि एकता प्रक्रिया ठोस रुपमा अगाडि बने प्रष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.