एपीवान एचडी टीभी र ‘ओपो बुगी वुगी’बीच सहकार्य
काठमाडौं : वैश्विक स्मार्टफोन ब्रान्ड ‘सेल्फी एक्सपर्ट एन्ड लिडर’ ओपोले नयाँ डान्स रियालिटी टीभी सो ‘ओपो बुगी वुगी’बीच सहकार्य गर्ने घोषणा भएको छ। युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ एपीवान एचडी टीभी र ‘ओपो बुगी वुगी’बीच सहकार्यको घोषणा गरिएको हो। ओपोले बुगी वुगीको प्रमुख प्रायोजकका रूपमा सहकार्य गर्ने घोषणा गरेको छ।
डान्स रियालिटी सोका माध्यमबाट युवा पुस्ताले आफ्नो प्रतिभा प्रदर्शन गरी नाम कमाउने अवसर प्राप्त गर्नेछन्। नेपाली कला क्षेत्रका लागि नयाँ अवधारणा र प्रस्तुतिका साथ आउन लागेको यो रियालिटी सोमा हजारौं प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएको र त्यसमध्येबाट जम्मा १८ प्रतियोगीले कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।
‘ब्रान्डका रूपमा ओपोले सधैं युवालक्षित कार्यक्रम गर्दै तिनीहरूलाई सिर्जनात्मक रूपमा प्रतिभाको प्रस्फुटन गर्न प्रेरित गरिरहन्छ। कला, रचनात्मक अभिव्यक्ति र मनोरञ्जन युवाको रुचिको विषय हो। तिनको रुचिसँग मेल खाने कार्यक्रम बुगी वुगीको अभिन्न अंगका रूपमा सहकार्य गर्न पाउनु हाम्रा लागि खुसीको विषय हो’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने।
‘ओपो बुगी वुगी’ले युवामा निहित नृत्य कलालाई लाखौं पारखीमाझ प्रस्तुत गर्न मात्रामा सघाउने विश्वास गरिएको छ। साथै, यस कार्यक्रमले कला उद्योगलाई नयाँ प्रतिभाको अवलोकन तथा छनोटको अवसर समेत प्रदान गर्ने निश्चित छ। देशभर छरिएर रहेका अपरिस्कृत प्रतिभालाई निखार्न यस अवसरले उल्लेख्य सहयोग गर्ने आयोजकको भनाइ छ। साथै, मनोरञ्जन उद्योगमा नयाँ पुस्ताले आफ्नो स्थान सुरक्षित गर्नसमेत सघाउ पुग्ने आयोजकले जनाएको छ।
कार्यक्रमले कला उद्योगलाई नयाँ प्रतिभाको अवलोकन तथा छनोटको अवसर प्रदान गर्नेछ। देशभर छरिएर रहेका अपरिस्कृत प्रतिभालाई निखार्न सघाउ पुर्याउनेछ।
‘कार्यक्रमप्रति युवाको आकर्षणले हामीलाई थप हौसला प्रदान गरेको छ। युवा पुस्ताका ईच्छा र मागलाई सम्बोधन गर्ने ब्रान्डका रूपमा परिचित ओपोलाई युवाका प्रतिभा प्रोत्साहन गर्न लक्षित बुगी वुगी कार्यक्रमको प्रमुख प्रायोजकका रूपमा पाउँदा हामी थप उत्साहित छौं। नेपाली युवामा रहेको उत्कृष्टता प्रस्फुटनका लागि ओपोको भूमिका र योगदान सराहनीय छ।
यस सहकार्यले बुगी वुगीको यात्रालाई थप रोमाञ्चक बनाउनेमा हामी आशावादी छौँ। ओपो र बुगी वुगीको यस सहकार्यले रियालिटी टीभी सोभन्दा माथि उठ्दै युवा कलाकारलाई भविष्यका लागि तयार रहन मार्ग प्रशस्त गर्ने कार्यमा उल्लेख्य योगदान दिनेमा हामी विस्वश्त छौं’, अन्नपूर्ण मिडिया गु्रपका प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलले भने।
सेल्फी एक्सपर्ट एन्ड लिडरका रूपमा परिचित ओपोले युवा पुस्ताको माग तथा आवश्यकताअनुसार क्यामेरा फोनको अनुभव प्रदान गर्दै आएको छ। सार्वजनिक भएको छोटो समयमै ओपोले धेरै नेपालीको मन जित्न सफल भइसकेको छ। साथै, कम्पनीले आफ्नो बिक्री सञ्जाल र सेवा केन्द्रमार्फत नेपाली उपभोक्तालाई उत्कृष्टताको अनुभूति प्रदान गर्दै आएको छ।