सुरक्षाका लागि ‘कम्युनिटी साइरन’ जडान

सुरक्षाका लागि ‘कम्युनिटी साइरन’ जडान

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरक्षाका लागि कम्युनिटी साइरन जडान गरिएको छ। प्रदेश सरकारको समृद्धिका लागि शान्ति सुरक्षा रणनीति अनुसार साइरन जडान भएको हो। मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशलाई डिजिटल बनाउने निर्णय गरेको थियो। यही निर्णय कार्यान्वयन गर्दै सरकारले वीरेन्द्रनगरमा अपराध न्यूनीकरणका लागि साइरन जडान गरेको हो

डिजिटल प्रदेश बनाउने सरकारको रणनीति अनुसार शुक्रवार वीरेन्द्रनगर–६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको हो। कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्र्रनगरमा राखिएको साइरनमा स्थानीइ ३० वटा घरका ६० जनाको नाम र मोवाइल नम्वर सेट गरिएको छ। अब उनीहरूले नै टोलमा चोरी, डकैती, लुटपाट तथा अपराधिक क्रियाकलाप र प्राकृतिक विपद्जस्ता घटनाहरू भएमा साइरनको कोड नम्बर डायल गर्नेछन्।

त्यसपछि उक्त साइरन बज्नेछ। साइरन बजेपछि तत्काल प्रहरी घटनास्थलमा पुग्नेछन्। यस्तै साइरन बजेपछि स्थानीय बासिन्दाहरू पनि एकजुट भएर घटनाको प्रतिबाद गर्ने प्रहरीले जनाएको छ।

साइरनमा सेट गरिएको नम्बरहरूका प्रयोग कर्तालाई विशेष कोड उपलव्ध गराइएको छ। साइरन बजेसँगै ६ वटा मोवाइलमा म्यासेज जानेछ। उक्त म्यासेज एक पटकमा पाँच जना स्थानीयवासी र एक जना प्रहरीको मोवाइलमा जानेछ कहाँ र कसले साइरन बजायो भन्ने बारेमा नामसहितको एसएमएस (सन्देश) ६ जनाको मोवाइलमा जानेछ। समुदायका जिम्मेवार, पढेलेखेका र जिल्ला प्रहरी कार्यालयलाई एसएमएस जाने गरी प्रविधि जडान गरिएको हो।

यसबाट कहाँ र कसलाई समस्या भयो भन्ने बारेमा समुदायका अगुवा र प्रहरीले जानकारी लिनेछन्। साइरन जडान भएको क्षेत्रमा बसोबास गर्ने नागरिकले समुदायमा कुनै अपराध भए वा आपतकालिन अवस्थामा छिमेकीहरू एकजुट हुनसमेत सहज हुनेछ। अब टोलमा भएको आगलागी, मृत्यु, प्राकृतिक प्रकोप वा कुनै पनि समस्या भएमा सरोकारवाला निकाय, छिमेकीलाई गुहार्नसमेत साइरनले मद्दत गर्नेछ।

यसले समयमा आमनागरिकका समस्या समाधानमा सरोकारवाला निकायले काम थाल्नेछन्। जिल्ला प्रहरी कार्यालयमा एसएमएस (सन्देश) जाने भएकाले पनि सामान्य घटनाको अनुसन्धानमा सहज हुनेछ प्रहरीको भनाइ छ। एसएमएस नआएका व्यक्तिहरूले साइरन बजेको सुन्नासाथ घरबाहिर निस्केर टोलको समस्या समाधान र अप्रिय घटनाको सामुहिक प्रतिवाद गर्ने विश्वास लिइएको छ।

समुदायमा जुनसुकै समयमा पनि आपत्तविपत पर्न सक्ने भएकाले २४ घण्टै साइरन खुल्ला हुनेछ। यस्तै विद्युत लोडसेडिङ हुँदा साइरन वन्द नहुने गरी आवश्यक व्याट्री पनि जडान गरिएको छ। उक्त व्याट्रिले करिव ५० घण्टासम्म लोडसेडिङ भए पनि काम गर्न सक्नेछ। साइरन जडानसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित शहर बनाउने रणनीति अगाडी सारिएको डिजिटल कर्णाली प्रदेश निर्माण कार्यदलका सदस्य डीएसपी वीरबहादुर वलीले बताए।

साइरन जडान भएसँगै वीरेन्द्रनगरमा हुने अपराधमा कमी आउने अपेक्षा गरिएको छ। ‘यो हामीले नमूनाको रुपमा जडान गरेका छौं’ उनले भने,‘हामीले पहिलो चरणमा वीरेन्द्रनगरमा यसलाई विस्तार गर्दैछौं, प्रविधि प्रभावकारी भए अब प्रदेशका सबै जिल्लामा नै जडान गरिनेछ।’ मानिसहरूको बढी चहलपहल हुने र अपराधिक क्रियाकलापको जोखिम मानिएको स्थानमा साइरन अनिवार्य जडान गर्नुपर्ने उनको भनाइ छ।

साइरन जडित क्षेत्रमा सूचना बोर्डहरू राखेर नागरिकलाई सूचना दिइनेछ। यसरी सूचना राख्ने र साइरनबाट अपराध तथा स्थानीयका समस्याबारे जानकारी लिने भएकाले अपराधिक क्रियाकलापमा संलग्नहरूको आत्मबलसमेत कमजोर हुने उनले बताए। साइरनको स्थान परिवर्तन भए, उपकरणले काम नगर्ने, विग्रिएमा वा कसैले चलाएमा उक्त प्रविधिको जडान कम्पनीले तत्काल जानकारी पाउने व्यवस्था मिलाइएको छ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले साइरन जडान गरेर यसको औपचारिक उद्घाटन गरे। समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य शर्त भएको बताउँदै मन्त्री भण्डारीले प्रदेशको राजधानी वीरेन्द्रनगरलाई अपराधमुक्त र सुरक्षित सहरका रुपमा विकास गर्न लागिएको जनाए। उनले भने,‘सुरक्षा पहिलो आधार हो, सुरक्षा भए लगानी भित्रिन्छ।

लगानी सुरक्षित गरेर प्रदेशलाई समृद्ध बनाउने छौं, यसका लागि हामी प्रदेशलाई डिजिटल बनाउँदै छौं।’ पहिलो चरणमा राजधानी वीरेन्द्रनगरलाई अपराधमुक्त बनाउन लागिएको भन्दै उनले विस्तारै प्रदेशलाई नै सुरक्षित बनाउन अभियान थाल्ने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.