दुई पार्टीका सांसदलाई ओली र प्रचण्डले एकैठाउँ राखेर प्रशिक्षण दिने

दुई पार्टीका सांसदलाई ओली र प्रचण्डले एकैठाउँ राखेर प्रशिक्षण दिने

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले शनिबार सांसदहरूको संयुक्त प्रशिक्षण गर्दैछन्। संघीय संसद भवन नयाँ बानेश्वरमा साढे ११ बजेबाट सुरु भएको संयुक्त प्रशिक्षणमूलक बैठकमा संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने भन्नेमा दुई पार्टीका अध्यक्षहरूले प्रशिक्षण दिने एमाले नेता रवीन्द्र अधिकारीले जानकारी दिए।

एकताको अन्तिम तयारीमा जुटेका एमाले र माओवादी केन्द्रले संसदको सपथग्रहणको अघिल्लो दिन सांसदहरूलाई संयुक्त रुपमा प्रशिक्षित गर्न लागेका हुन्। आइतबार सांसदहरूको सपथग्रहणको कार्यक्रम छ भने आउँदो सोमबारदेखि संघीय संसदको अधिवेशन सुरु हुँदैछ।   

दुई अलगअलग पार्टीका कार्यशैलीका भिन्नताहरूलाई कसरी समायोजन गर्ने र सत्तापक्षका रुपमा संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने भन्नेमा प्रशिक्षण केन्द्रित रहने अधिकारीले बताए।

एमाले सांसद रामकुमारी झाँक्रीले 'जिज्ञासा, कौतुहलता र चासोसहित' बैठकमा जान लागेको फेसबुकमा लेखेकी छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.