संसद् भवनमा कोमल वलीको मुस्कान
काठमाडौं : एमाले सांसद कोमल वली शनिबार एमाले–माओवादी संसदीय दलको संयुक्त बैठकमा सहभागी भइन् । गायिका एवम् पूर्व सञ्चारकर्मी समेत रहेकी ओली एमालेको तर्फबाट राष्ट्रियसभा सांसद बनेकी हुन् ।
स्थानीय तहको चुनाव हुनुभन्दा केही महिनाअघि मात्र राप्रपाबाट एमाले प्रवेश गरेकी वलीले स्थानीय तहमा टिकट नपाएपछि एमाले भित्रै विदोह गरेकी थिइन् । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ टिकट नपाएपछि दाङमा बागी उम्मेदवार बनेकी वलीलाई राष्ट्रियसभामा तान्ने आश्वासन दिएपछि उम्मेदवारी फिर्ता लिएकी थिइन् । तस्बिर : अशोक दुलाल