आफ्नो जन्म मिति सुनाउँदै प्रधानमन्त्रीले भने: भाइबाट सपथ खानु पर्ने भो !

आफ्नो जन्म मिति सुनाउँदै प्रधानमन्त्रीले भने: भाइबाट सपथ खानु पर्ने भो !

काठमाडौँ: ‘अस्तिसम्म भाइ भन्दै थिएँ, उनै भाइ महेन्द्र रायबाट सांसदको सपथ खानु पर्ने भयो', प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एमाले-माओवादी सांसदहरुका लागि आयोजित प्रशिक्षणमा मुलुकको बेतिथिलाई इंगित गर्दै उनले भने ।

प्रधानमन्त्री ओलीले संसद् सचिवालयमा एमाले र माओवादीका सांसदहरुलाई प्रशिक्षण दिने क्रममा यसो भनिरहँदा सहभागीहरु हाँसे । ‘संसदको जेष्ठ सदस्यबाट सपथ खानुपर्ने हो, अस्तिसम्म भाइ भनेको मान्छेबाट सपथ लिँदैछौँ, हामी कहाँ छौँ त ?’

पढ्नुस्: एमाले-माओवादी सांसदलाई निर्देशन: हाई नगर्नू, हाजिर गरेर टाप नकस्नू

 

मुलुकमा रहेको वेथितिका कारण उनले आफु भन्दा कम उमेरका रायबाट सपथ खानु पर्ने अवस्था आएको बताए । सांसद रायको वास्तविक उमेर ६३ हो तर नागरिकताको आधारमा उनको उमेर ८० छ ।

प्रधानमन्त्री ओलीले अदालत र सडक देखिएको जन्ममिति विवाद संसदमा समेत प्रवेस गरेको बताउदै भने, ‘अहिले जन्ममितिको विवाद अदालत, माइतीघरदेखि सडक सम्म छ, जन्ममितिको कुन कागज हेर्ने ।’

उनले जन्ममिति विवादमा प्रधानन्यायाधीश, मन्त्रीदेखि सांसदसम्म मुछिएको बताए । 'न्यायाधीश, मन्त्रीदेखि सांसदसम्म जन्ममितिको विवाद छ', उनले भने, 'जन्ममिति एउटा मात्रै भएको म मात्रै हुँ कि क्या हो, मेरो जन्ममिति २००८ साल फागुन ११ गते हो ।’

पढ्नुस्: सर्वोच्चको आदेशमा प्रधानमन्त्रीको टिप्पणीः तीनजनाको मनोनयन कसैले रोक्न सक्दैन

 

पढ्नुस्:  नवराज सिलवाल संसद्‍ भवनमा (फोटो फिचर)

 

पढ्नुस्: संसद्‍ भवनमा कोमल वलीको मुस्कान

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.