स्वयम्भूबाट हराएका बुद्ध विजेश्वरीमा भेटिए

स्वयम्भूबाट हराएका बुद्ध विजेश्वरीमा भेटिए

काठमाडौं: शुक्रबार साँझ स्वयम्भुबाट हराएका बुद्ध थिङ विजेश्वरीमा भेटिएका छन् । ललितपुरको भट्टेडाँडास्थित भट्टेडाँडा आधारभुत विद्यालयमा कक्षा पाँचमा अध्ययनरत थिङ स्कुलका साथी र शिक्षकसँगै स्वयम्भू घुमेर फर्कने क्रममा शुक्रबार साँझ हराएका थिए ।

साथीभाइबाट छलिएर अलपत्र परेका उनलाई विजेश्वरीकै सन्नी गुरुङले शुक्रबार साँझ फेला पारेर आफ्नो घरमा लगेर राखेकी थिइन् । उनलाई शनिबार स्वयम्भू प्रहरीको रोहबरमा विद्यालयलाई बुझाइएको विद्यालयका प्रधानाध्यापक सीताराम चौरेले बताए ।

विद्यालयले कक्षा चारदेखि आठसम्म अध्ययनरत विद्यार्थीलाई छाउनीस्थित संग्रहालय र स्वयम्भू अवलोकन गराउन लगेको थियो । थिङ स्वयम्भूको शिखरबाट तल ओर्लने क्रममा छलिएर हराएका थिए ।

पढ्नुस्: फेरि हराए अर्का विद्यार्थी

पढ्नुस्: फूलचोकीबाट हराएका जोन जंगलमा भेटिए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.