विश्व वन्यजन्तु दिवसमा संरक्षण कला प्रदर्शनी

 विश्व वन्यजन्तु दिवसमा संरक्षण कला प्रदर्शनी

पोखरा  : विश्व वन्यजन्तु दिवसको अवसरमा पोखरामा शनिबार वन्य जन्तु संरक्षण कला प्रदर्शनी गरिएको छ । वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले पोखराको लेकसाइडमा वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले सडक नाटक प्रर्दशनी गरेका हुन् ।

बढ्दो वन्यजन्तु व्यापार रोक्न, संकटमा परेका ठुला बिराला, बाघ, हिउँ चितुवा, चितुवा लगायत वन्यजन्तु संरक्षण गरि पर्यवरणीय सन्तुलन कायम गर्न कलात्मक रुपमा सडक नाटक प्रर्दशनी गरिएको छ ।

विश्वमा पाइने आठ ठूला बिराला प्रजातिमध्ये नेपालमा (चितुवा, ध्वासे चितुवा, हिउँ चितुवा, र बाघ) पाइन्छन् । बिराला प्रजातिका अन्य चार प्रजाति सिंह, चिता, जाँगर र पुमा भने नेपालमा पाइदैनन् । जैविक विविधना संरक्षणमा ठूला बिराला प्रजातिको स्थितिलाई स्वास्थ्य पारिस्थितिकीय प्रणालीका सूचांक मानिन्छ ।
पछिल्लो समयमा मानिसले जानेर होस वा नजानेर चोरी सिकार र अवैध व्यापार गर्दा ठुला बिराला प्रजाति संकटमा पर्दै गएका छन् । यस बर्षको विश्व नारा ठुला बिराला (बाघ, हिमचितुवा, चितुवा) संकटमा छन संरक्षण गरौं भन्ने नाराका साथ वन्यजन्तु दिवस विश्व भर मनाइएको छ ।

वन्यजन्तु दिवसको साथै चोरी शिकार नियन्त्रण राष्ट्रिय युवा जागरण दिवस पनि देश भरि बिभिन्न कार्यक्रम गरि नेपालमा मनाइएको छ । पोखराको वन विज्ञान अध्ययन संस्थानका हरित संस्थाहरुको आयोजनामा बिद्यार्थीहरुले तीन दिन सम्म वन्यजन्तु संरक्षणमा केन्दित रहेर विश्व वन्यजन्तु दिवस मनाएका हुन् ।

एएसिडी, युुएनसी, क्लाइमेटस नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा शनिवार ठुला बिरालाको संरक्षण सम्वन्धी नारा लेखिएका प्लेकार्ड सहित ¥याली समेत आयोजना गरिएको थियो । तीन दिन सम्म मनाइने विश्व वन्यजन्तु दिवस पोखरामा संरक्षण संग सम्वन्धि निवन्ध प्रतियोगिता र ठुला बिरालाको संरक्षण सम्वन्धमा अन्तरक्रिया र पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने कार्यक्रमका संयोजक नरेश खनालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.