होलीमा मदिरा पिएर मोटरसाइकल चलाउने दुई जनाको मृत्यु

होलीमा मदिरा पिएर मोटरसाइकल चलाउने दुई जनाको मृत्यु

जनकपुरधाम : होलीको खुशीमा मदिरा पिएर केदाएको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । होलीको मौकामा मदिरा पिएर तिव्र गतिमा मोटरसाइकल चलाउने क्रममा विपरित दिसातर्फबाट आउँदै गरेको गाडीमा ठोएिकर पूर्व पश्चिम राजमार्ग अन्तर्गत जनकपुरको मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा जनकपुर उपमहानगरपालिका १४ निवासी २८ वर्षीय प्रविण राउत र वडा नम्बर १९ का २२ वर्षीय कृष्ण साहको मृत्यु भएको हो । राउतले चलाएको अनटेस्ट मोटरसाइकल र साहले चलाएको ज ९ प४४८५ नम्बरको मोटरसाइकल विपरित दिसाबाट आउँदै गर्दा एकआपसमा ठोक्किएका थिए । राउतको घटनास्थलमै मृत्यु भएको थियो भने साहको जनकपुर अंचल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक दुवै युवकले मदिरा पिएको धनुषाका प्रहरी उपरीक्षक प्रविण धितालले बताए । होलीको क्रममा मदिरा पिएर तिव्र गतिमा मोटरसाइकल चलाउने, उच्छृखल क्रियाकलाप गर्ने, एउटै बाइकमा तीनजना बस्ने, हेल्मेटबिना चलाउने दर्जनबढी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी ति युवाहरुबाट ३० वटा जति मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । धितालले भने, ‘नियन्त्रणमा लिइएका युवाहरुलाई अपराधको अवस्था हेरी कार्वाहीको प्रक्रिया अघि बढाइने छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.