हुम्लामा आगलागी : गाउँ नै सखाप, हेलिकोप्टरमा मुख्य मन्त्रीसँग जम्बो टोली जाँदा राहत पुगेन !

हुम्लामा आगलागी : गाउँ नै सखाप, हेलिकोप्टरमा मुख्य मन्त्रीसँग जम्बो टोली जाँदा राहत पुगेन !

सिमकोट : हुम्लाको ताजाँकोट १ भतमुनामा गएराति भएको आगलागीमा २५ घर जलेर नष्ट भएका छन्। आगलागीबाट पुरै गाउँ जलेको छ। भतमुनाका ३० घर मध्ये पाँच घर मात्रै आगलागीबाट बचेका छन्।

शनिबार नै आगलागी प्रभावित क्षेत्रमा प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत ११ जनाको टोली पुगेको छ । जम्बो टोलीका कारण आगलागी पीडितको लागि आवश्यक चामल पुर्‍याउन नसकिएको स्रोतले बताएको छ।

मुख्यमन्त्री शाहीले पीडितलाई त्रिपाल, भडाकुडा लगायतका सामाग्री वितरण गरेपनि आगलागी पीडितले अझेसम्म चामल पाएका छैनन् । जम्बो टोलीका कारण चामल लान नसक्दा पीडितको लागि खान समस्या भएको पीडितले गुनासो गरेका छन् ।

आगलागीबाट लुगाकपडा, अन्नलगायत सम्पूर्ण समान सखाप भएको छ। आगलागीबाट १ करोड ५४ लाख २१ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। गोठमा रहेका गाईवस्तु मरेका छन्।

प्रहरी चौकी कवाडीका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर जिसीले रातको समयमा आगलागी भएका कारण ठूलो क्षति भएको जानकारी दिए। जिसीका अनुसार आगलागीबाट दुई घाइते भएका छन्। स्थानीय मनबहादुर रिठाल र लालबहादुर रिठाल घाइते भएका छन्। घाइतेलाई उपचारका लागि सुर्खेत लगिएको छ।

असई जिसीले छाउ गोठबाट सल्किएर आगलागी भएको बताए। उनले भने, ‘छुई भएकी महिलाको गोठबाट आगो सल्किएर गाउँभरी फैलिएको हो। गाईवस्तु गोठमा नै मरेका कारण गाउँमा दुगन्ध फैलिएर महामारी हुने जोखिम रहेको आगलागी पीडित बताउँछन्। आगलागीबाट ठूलो संख्यामा गाउँवस्तु मरेका छन्।पीडितहरु बेघर भएका छन्। उनीहरुको विचल्नी भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.