११ किलोमिटर म्याराथनमा पुरुषतर्फ सुदीप र महिलातर्फ अनिशा प्रथम

११ किलोमिटर म्याराथनमा पुरुषतर्फ सुदीप र महिलातर्फ अनिशा प्रथम

काठमाडौं : नेसनल इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (निस्ट) को आयोजनामा ११ किलोमिटर दूरीको म्याराथन सम्पन्न भएको छ ।

२५ औ वार्षिकोत्सवको अवसर परेर निस्ट कलेजले उक्त म्याराथन आयोजना गरेको हो । आन्तराष्टिय भेट्रान म्याराथन धाबक रामकृष्ण महर्जन तथा निस्ट कलेजका संस्थापक प्राचार्य डा. माधवप्रसाद बरालले म्याराथनको उद्घाटन गरे ।

म्याराथन कलेज प्राङ्गड लैनचौरदेखि लाजिम्पाट, पानीपोखरी, माहाराजगंज चक्रपथ ,सामाखुशी हुँदै कलेज प्राङ्गडमा पुगेको थियो। करिब १२०० जना सहभागी म्याराथनमा सुदीप बजगाई पुरुषतर्फ र अनिशा श्रेष्ठ महिलातर्फबाट प्रथम भए ।

तेस्तै मिलन भट् र प्रदिप क्षेत्री तथा रिमा तामांग र अप्सरा श्रेष्ठ क्रमसः दितीय तथा तृतीय भए । विजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.