महन्थ र तारादेवीले लिए ज्येष्ठ सदस्यको शपथ

महन्थ र तारादेवीले लिए ज्येष्ठ सदस्यको शपथ

काठमाडौँ: राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुर नेपाली कांग्रेसबाट राष्ट्रियसभाकी जेष्ठ सदस्य तारा देवी भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीत्तल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले दुवैजनालाई ज्येष्ठ सदस्यको सपथ खुवाएकी हुन् ।ज्येष्ठ सदस्यकारुपमा ठाकुरले मैथिली भाषामा सपथ लिए भने भट्टले नेपाली भाषामा सपथ लिइन् ।

उनीहरु दुवैले आजै ४ बजे नयाँ बानेश्वरस्थित संघीय ससद भवनमा हुने सपथ कार्यक्रममा अन्य सांसदहरुलाई शपथ खुवाउने छन् । यसअघि महेन्द्र राय यादवले ज्येष्ठ सदस्यको शपथ खुवाउने बताइएको थियो । नागरिकतामा ८० वर्षको उल्लेख भए पनि वास्ताविक ६३ वर्षमात्रै उमेर भएपछि पाँच दलले उनलाई पछि हट्न लगाएर ७५ वर्षीय ठाकुरलाई ज्येष्ठ सदस्यकारुपमा सपथ खान राष्ट्रपतिकहाँ पठाएका हुन् ।

संसद सचिवालयले भने ठाकुर बिरामी भएकाले सांसदको शपथमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.