प्रतिनिधिसभा सदस्यले लिए शपथ
काठमाडौं : प्रनिधिसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सांसदले शपथ खानुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ सदस्य ठाकुरलाई शीतल निवासमा पद तथा गोपनियताको शपथ गराएकी थिइन् ।