जिम्बाब्वेविरुद्ध शरद भेषवाकरले बनाए अर्धशतक

जिम्बाब्वेविरुद्ध शरद भेषवाकरले बनाए अर्धशतक

काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट छनोट खेलअन्तरगत जिम्बाब्वेले दिएको ३८१ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि शरद भेषवाकरले अर्धसतक बनाएका छन् ।

पाँचौ क्रममा क्रिजमा आएका भेषवाकरले ४७ बलमा ५२ रन बनाउँदै आउट भएका छन् । अर्धसतक पुरा गर्ने क्रममा उनले ६ चौका र १ छक्का पनि हाने ।

शरदलाई साथ दिइरहेका अरिफ शेखले पनि ३३ बलमा २३ रन बनाएका छन् । उनले दुई चौका पनि हानेका छन् । शरदलाई ४८ बलमा ५२ रन बनाएको अवस्थामा राजाले एलबीडब्लु धरापमा पारेर पेभेलियन फर्काएका छन् । 

टेस्ट र वान डेमा अनुभवी जिम्बाब्वेलाई नेपालले ६ विकेटको क्षतिमा ३८० रनमा रोकेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि कप्तान पारस खड्काले ४० र उपकप्तान ज्ञानेन्द्र मल्ले ३२ रन बनाए ।

नेपाल अहिले ३७ ओभरमा ५ विकेट गुमाउँदै १८३ रनको अवस्थामा छ । अब जिम्बाब्वेलाई हराउन नेपालले ७८ बलमा १९८ रन बनाउनुपर्ने चुनौती छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.