नेपाल ११६ रनले पराजित

नेपाल ११६ रनले पराजित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट खेलमा नेपाल ११६ रनले पराजित भएको छ । जिम्बाब्वेले दिएको लिएको ३८१ रनको लक्ष्य पछ्याइरहेको नेपालले ६ विकेटको क्षतिमा पूरै ओभर खेल्दै २६४ रनमात्र बनायो । टेस्ट र वान डेमा अनुभवी जिम्बाब्वेलाई नेपालले ६ विकेटको क्षतिमा ३८० रनमा रोकेको थियो ।

नेपालको पालिमा शरद भेषावकरले सर्वाधिक ५२ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे । यसैगरी आरिफ शेखले ५० रनको अर्धशतकीय पालि खेले । कप्तान पारस खड्काले ४० रनको योगदान दिए । आक्रामक खेल खेलेका पारसले आठ चौका हिर्काए । यसैगरी निकै सुस्त खेलेका उपकप्तान ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । उनले ५९ बलका तीन चौका हिर्काए । नेपालका प्रारम्भिक ब्याट्सम्यान दिलीप नाथ दुई रनमा पेभेलियन फकिँदा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । यसैगरी रोहितकुमार पौडेलले ३०, सोमपाल कामीले अविजित १२, बसन्त रेग्मीले दुई तथा सन्दीप लामिछानेले अविजित सात रन बनाए ।

बुलावायोको क्विन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ८० रन बनाएको थियो। जिम्बावेको पालिमा सिकन्दर राजा र ब्रेन्डन टेलरले शतक बनाए । राजाले एक सय २३ रन बनाए भने टेलरले एक सय रनको योगदान दिए । राजाले ६६ बलमा नौ छक्का र सात चौका प्रहार गरे । टेलरले ९१ बलमा सात चौका र एक छक्का प्रहार गरे । यस्तै सोलोमन मिरले ५२ रनको अर्धशतकीय पालि खेले।

नेपालका कुनै पनि खेलाडीले उत्कृष्ट बलिङ गर्न सकेनन् । बसन्त रेग्मी र सोमपाल कामीले दुईदुई विकेट लिए पनि निकै रन दिए । आठ ओभर बलिङ गरेका सोमपालले ८२ तथा १० ओभर बलिङ गरेका बसन्तले ६९ रन दिए । सन्दीप लामिछाने र ललितनारायण राजवंशीले एकएक विकेट लिए ।

नेपालले आगामी बिहीबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा नेपालसँगै जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.