पेट्रोलको मूल्य घट्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य समायोजन भएको हो ।
आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको जानकारी दिए । यसअघि एक सय चार रुपैयाँमा प्रतिलिटर रहेको पेट्रोल अब एक सय तीन रुपैयाँमा झरेको छ । निगमले डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यमा कुनै परिवर्तन गरेको छैन ।