डीडीसीमा हिनामिना : कर्मचारीमाथि विभागीय कारबाहीको तयारी

डीडीसीमा हिनामिना : कर्मचारीमाथि विभागीय कारबाहीको तयारी

काठमाडौं : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले संस्थानलाई हानि पु¥याएको भन्दै ६ जना कर्मचारीमाथि विभागीय कारबाही गर्ने तयारी गरेको छ। संस्थानको रकम हिनामिना गरेको अभियोग लागेका ६ जनाले चित्तबुझ्दो जवाफ दिन नसकेपछि संस्थानको आर्थिक प्रशासनसम्बन्धी विनियावलीअनुसार उनीहरूमाथि विभागीय कारबाही गर्न लागिएको हो। विनियमावलीले विभागीय कारबाहीअन्तर्गत ग्रेड र तलब रोक्कासहित सेवाबाट बर्खास्त गर्नेसम्मको व्यवस्था गरेको छ।

स्रोतका अनुसार २०६३ सालदेखि २०७३ सालसम्म उत्पादन भएका सामग्री बिक्री गरेर रकम नबुझाउने र उत्पादन भएका सामग्री अन्यत्र बिक्री गरी रकम दाखिला नगर्ने कर्मचारीमाथि विभागीय कारबाही गर्ने तयारी गरिएको छ। संस्थानले दुग्ध पदार्थ बिक्रीवितरण आयोजना लैनचौंरमा कार्यरत कर्मचारी प्रेम पराजुलीबाट ३४ लाख, विनोद शर्माबाट १२ लाख १७ हजार, सुभाष राईबाट आठ लाख १३ हजार, बृषबहादुर भुजेलबाट तीन लाख ६३ हजार, अर्जुन पन्थीबाट ११ लाख र छवीलाल आलेबाट १७ लाख ९८ हजार रुपैयाँ असुल गर्न बाँकी छ।

संस्थान सञ्चालन समिति सदस्य विशाल बास्तोलाका अनुसार संस्थानअन्तर्गतका विभिन्न आयोजनामा कार्यरत कर्मचारीले दिनभर बिक्री भएको दूध, घिउ, पनिर, मिठाई, चिजलगायतको रकम संस्थाको खातामा दाखिला नगराई आफूखुसी प्रयोग गर्दै आएका थिए। यस्तै केही कर्मचारीले सवारी दुर्घटनामा परी उपचारका लागि लिएको पेस्की बापतको लाखौं रुपैयाँ हालसम्म फस्र्योट गरेका छैनन्।

‘विभिन्न आयोजनाका ४२ जना कर्मचारीले सरकारी रकम जग्गा नगरी करिब दुई करोड ४२ लाखको हिनामिना गरेर बसेका थिए’, बास्तोलाले भने,‘कर्मचारी ट्रेड युनियन र महाप्रबन्धकको मिलोमतोमा वर्षौदेखि यो रकम असुली गर्न डीडीसीले चासो देखाएको थिएन्। हामी सञ्चालक समितिमा आइसकेपछि यो रकम असुली गर्न गृहकार्य अघि बढाएका छौं।’ उनका अनुसार रकम हिनामिना गर्ने कर्मचारीमाथि सञ्चालक समितिले कारबाही गर्न थालेपछि ३६ जनाले मंगलबारसम्म ९० लाख रुपैयाँ संस्थानको राजस्वमा जम्मा गराएका छन्।

‘तर ठूलो रकम हिनामिना गरेका ६ जनाले शक्ति केन्द्रको आडमा अझै रकम नबुझाई अटेर गरेर बसेका छन्’, बास्तोलाले भने। ६ जनालाई रकम बुझाउन सुरुमा ४५ दिनको समय दिइएको थियो। त्यो समयमा बुझाउन नसक्दा १५ दिनको स्पष्टीकरण सोधिएको थियो। त्यसलाई पनि अटेर गरेपछि फेरि सात दिनको समय दिइएको थियो। त्यसलाई पनि अटेर गरेपछि सञ्चालक समितिले उनीहरूमाथि विभागीय कारबाही गर्ने गृहकार्यमा जुटेको हो। सञ्चालक समितिका अध्यक्ष रघु गौतमले व्यवस्थापनलाई रकम असुल गर्न पुस १५ गते नै पत्राचार गरेका थिए। व्यवस्थापन पक्षले कारबाही गर्न अटेर गरेपछि सञ्चालक समितिले आफै कारबाही गर्न सुरु गरेको हो।

संस्थानको रकम हिनामिना गरेको अभियोग लागेका ६ जनाले चित्तबुझ्दो जवाफ दिन नसकेपछि संस्थानको आर्थिक प्रशासनसम्बन्धी विनियावलीअनुसार उनीहरूमाथि विभागीय कारबाही गर्न लागिएको हो।

सञ्चालक समितिले उपलब्ध गराएको प्रतिवेदनअनुसार दुई करोड ४२ लाख हिनामिना भएकाको थियो। त्यसमा नेपालगन्ज दुग्ध विकास आयोजनाका कैलाश कुँवरले ७१ हजार चार सय ६०, रनेन्द्र अधिकारीले ९६ हजार सात सय ६४, अर्जुन पन्थीले ११ लाख, डीडीसी पशु आहारा उत्पादन कारखानाका दिलीप कार्कीले एक लाख ६८ हजार पाँच सय नौ, चिज आयोजना लैनचौरका बालकृष्ण भण्डारीले एक लाख ७२ हजार रुपैयाँ हिनामिना गरेका थिए। यसैगरी बुढाथोकी कोल्डस्टोरले २४ लाख ७४ हजार, तेजनाथ ढकालले एक लाख १९ हजार, सुभाष राईले आठ लाख १३ हजार, बृषबहादुर भुजेलले तीन लाख ६३ हजार, प्रेमप्रसाद पराजुलीले ३२ लाख ३२ हजार, बिनोद शर्माले १२ लाख १७ हजार, गोविन्दबहादुर गुरुङले ९१ हजार रुपैयाँ हिनामिना गरेका थिए।

यस्तै हेटौंडा दुग्ध विकास आयोजनाका रामनारायण प्रधानले १० लाख १९ हजार, गोपालप्रसाद घिमिरेले ६७ हजार, रवीन्द्रकुमारले ५९ हजार, रामएकवाल रायले दुई लाख, जयबहादुर गोलेले ८३ हजार, गगनदेव शाहले तीन लाख १३ हजार र बच्चु महराले दुई लाख ४६ हजार रकम हिनामिना गरेका थिए।

यस्तै विराटनगरस्थित दुग्ध वितरण आयोजनाका कृष्णराज पोखरेलले एक लाख ३४ हजार, भरेसी महराले ५० हजार, शैलेन्द्रकुमार देवले दुई लाख, दिनेश यादवले तीन लाख २७ हजार, महेन्द्र भट्टराईले दुई लाख ४५ हजार, रामबाबुप्रसाद यादवले एक लाख ११ हजार, शुभनारायण यादवले दुई लाख, नन्दकुमार कोइरालाले एक लाख ९४ हजार, गोपालबहादुर खडकाले तीन लाख १२ हजार, खगेन्द्रराज शंसीले एक लाख ३२ हजार, किशोरकुमार श्रेष्ठले दुई लाख ५० हजार र शिवप्रसाद राजवंशीले पाँच लाख रुपैयाँ हिनामिना गरेका छन्।

यस्तै जनकपुर दुग्ध वितरण आयोजनाका सुखराम मण्डलले ६ लाख, विनोदकुमार थापाले एक लाख २० हजार, राजकिशोर यादवले एक लाख, हस्तवहादुर घलानले दुई लाख १८ हजार, रामानन्द सिंहले पाँच लाख ३२ हजार, विनोदकुमार थापाले चार लाख ४८ हजार, श्याम यादवले एक लाख ४८ हजार, रामउदित कापरले एक लाख ६९ हजार, हरिदेव यादवले एक लाख १० हजार र कमलेश यादवले ८३ हजार रुपैयाँ हिनामिना गरेका छन्।

यसैगरी, काठमाडौं दुग्ध वितरण आयोजनाका भरतबहादुर खत्रीले २५ लाख, राजु न्योपानेले पाँच लाख ३७ हजार, जगन रावत थारुले सात लाख ३८ हजार, धर्मराज अर्यालले चार लाख २३ हजार, प्रदिपकुमार थापाले चार लाख १६ हजार हिनामिना गरेको देखिएको छ। यसैगरी, देवानसिंह दनुवारले दुई लाख ४० हजार, छविलाल आलेले १७ लाख ९८ हजार, रामचन्द्र मण्डलले सात लाख २० हजार, उपेन्द्रसिंह दनुवारले दुई लाख र रमेशचन्द्र ओझाले एक लाख आठ हजार रुपैयाँ संस्थानको हिनामिना गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.