होटल यातुका सञ्चालकबीच विवाद

होटल यातुका सञ्चालकबीच विवाद

काठमाडौं : भक्तपुरमा दुई करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको होटल यातु फुल फेज सञ्चालमा नआउँदै विवाद सुरु भएको छ। सञ्चालक कृष्णप्रसाद ताम्राकार, सरु महत र होटेल डे कोर्टियाडबीच विवाद सुरु भएको हो।

२०७३ फागुनमा दर्ता भई निर्माण सुरु भएको होटल यातुको लगानीको विषयमा विवाद सुरु भएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा होटलमा कुल पुँजी दुई करोड रुपैयाँ रहने गरी दर्ता भएको छ। होटलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष ताम्राकारको ५२ प्रतिशत, महतको २४ र होटेल डे कोर्टियाडको नाममा २४ प्रतिशत सेयर हिस्सा रहेको कम्पनी रजिस्ट्रारको कार्यालयका दर्ता भएको विवरणमा देखिन्छ।

होटलमा ताम्राकारको एक करोड चार लाख र डे कोर्टियाड होटेलको ४८ लाख र महतको ४८ लाख रुपैयाँ लगानी रहेको देखिन्छ। तर, होटल निर्माण भई सञ्चालन हुने अवस्थामा आफूलाई होटेलमा कुनै हिस्सा नदिने गरी एकलौटी सञ्चालन भएको महतका श्रीमान् मणिविक्रम शाहको आरोप छ।

डे कोर्टियाड होटेलमा भने महतको मात्रै लगानी छ। ताम्राकारको जग्गामा होटेल भवन बनाउने र मासिक चार लाख भाडा तिर्ने सहमति भएको शाह बताउँछन्। तर, अहिले ताम्राकारले महत र कोर्टियाड होटेलको लगानी नै नरहेको भन्दै एकलौटी याचुको नाममा होटल सञ्चालन गरेको शाहको आरोप छ।

ताम्राकारले कम्पनी रजिस्ट्रारको कार्यालयमा होटल याचु दर्ता गरेर विज्ञापन गरेपछि मात्रै आफूले थाहा पाएको शाह बताउँछन्। अहिले ताम्राकारसँग लगानीको विषयका कुरा गर्न खोज्दा सम्पर्कमा नै नआएको शाहको भनाइ छ। होटेलको निर्माण सम्पन्न भएपछि ताम्राकारले एकलौटी गर्न खोजेको आरोप महत पक्षले लगाएको छ।

ताम्राकार आफैंले होटल सञ्चालन गर्ने हो भने हामीलाई मासिक पाँच लाख रुपैयाँ दिनु पर्ने होइन उनले होटल हामीलाई सञ्चालन गर्न दिएको अवस्थामा आफूहरूले ६ देखि आठ लाख दिने प्रस्ताव गरेको शाह बताउँछन्।

तर, यस विषयमा ताम्राकारले उनीहरूले होटेल निर्माणमा कुनै रकम नदिएको दाबी गरे। शाहको टिमले रकम दिएको प्रमाण ल्याएको अवस्थामा आफूले त्यसको पाँच गुणा रकम दिने ताम्राकार बताउँछन्।

दुई करोड रुपैयाँको लगानीमा भवन निर्माण गरी होटल चलाउन कम्पनी रजिस्ट्रारको कार्यालयमा होटेल यातु दर्ता भएको हो।

तर, दर्ताको समयमा भने अनुसार शाहको समूहले आफूलाई कुनै रकम नदिएपछि आफूले होटेल याचु दर्ता गरेर सञ्चालनमा ल्याएको ताम्राकारको दाबी छ।

होटेल निर्माण सुरु भएको आठ महिनासम्म उनीहरूले कुनै सहयोग नगरेपछि आफूले नयाँ म्यानेजर राख्दै होटेल सञ्चालन गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.