श्रम कार्यालयबाट समातिए ५० जना बिचौलिया

श्रम कार्यालयबाट समातिए ५० जना बिचौलिया

काठमाडौँः महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगार विभाग अन्तरगतको ताहचलस्थित श्रम कार्यालय क्षेत्रबाट ५० जना बिचौलियालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिका लागि श्रम कार्यालय जाने श्रमिकहरुलाई बाटैबाट जबरजस्ती तानेर दलाली गरी ५ देखि १० गुणासम्म धेरै रकम असुलीमा संलग्न ५० बिचौलियालाई पक्राउ गरिएको हो ।

‘श्रम स्वीकृतिका लागि श्रम कार्यालय जाने कामदारहरुलाई कार्यालयमा सीधै जान नदिई बाटोमा रोकर १० गुणासम्म बढी रकम लिनेलाई हामीले पक्राउ गरेका छौँ’, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘पक्राउ परेका ५० मध्ये ३५ जनाले श्रमिकहरुलाई ठगेको पाइएकाले मुद्दा चलाउने तयारी गरेका छौँ ।’

पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानबाट हिरासतमा राखिएका ३५ जनाले श्रमिकहरुलाई भ्रममा पार्दै बाटैबाट तानेर छिटो काम गरिदिने नाममा चर्को रकम असुलेको पाइएको छ ।

‘५० जनामध्ये ३५ जनालाई हिरासतमा राखेर सार्वजनिक मुद्दा चलाउँदैछौँ’, पोखरेलले भने, ‘कार्यालय नै खोलेर श्रमिकलाई ठगी गरेको पाइएकाले हामी उनीहरुमाथि कानुनी कारबाही चलाउँछौँ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.