सर्वसाधारणसँग रकम ठग्ने गिरोह वीरगन्जमा सक्रिय

सर्वसाधारणसँग रकम ठग्ने गिरोह वीरगन्जमा सक्रिय

वीरगन्ज : सामाजिक सञ्जाल र मोबाइल फोनबाट एसएमएस गरेर लट्री (चिठा) परेको भन्दै सर्वसाधरणसँग रकम ठगी गर्ने गिरोह वीरगन्जमा सक्रिय छ। फेसबुक, भाइबर, इमोलगायत सामाजिक सन्जाल र मोबाइलबाट सर्वसाधरण र व्यपारीलाई लाखौँ रकमको लट्री परेको एसएमएस र फोन गरेर रकम असुल्ने गिरोह वीरगन्जबाट पक्राउ परेको छ।

सुरुमा म्यासेज तथा फोनमार्फत् तपाईलाई ५० लाखको बम्पर लट्री परेको छ, लट्री बापत तिर्नुपर्ने कर रकम बुझाएपछि मात्र पुरस्कारको रकम तपाईंको बैंक खातामा आउँछ भनेर एसएमएसम गरेर पठाउनुका साथै मोबाइलमा फोन पनि गर्ने गरेपछि लट्री परेको लोभमा सर्वसाधरणले गिरोहले दिएको बैंक खाताका साथै मनी ट्रान्सफरमार्फत रकम पठाउने गरेका छन्।

कर बापतको भनिएको रकम पठाइसकेपछि भने लट्री मा परेको भनेर एसएमएस गर्ने गिरोह सम्पर्क बिहिन हुने गरेकाले त्यसपछि मात्र सर्वसाधरणले ठगिएको थाहा पाउने गरेका छन्।

यरी ठगिएका सर्वसाधारणले प्रहरीमा उजुरी गरेपछि रहस्य खुलेको हो। ठगिएका सर्वसाधारणको उजुरी आउने क्रम दिन प्रति दिन बढ्दै छ। पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले भने, ‘सुरुमा एसएमएस वा मोबाइलबाटै फोन गरेर तपाईलाई ५० लाखको बम्पर लट्री परेको छ, लट्री बापत तिर्नुपर्ने कर रकम बुझाएपछि मात्र लट्री को रकम तपाईंको खातामा आउँछ भनेर फकाउछन् , तर जब कर बापत भनिएको रकम बुझाएपछि उनीहरु फरार हुन्छन्। ’

पर्सा प्रहरीले विगत चार महिनाको अवधिमा वीरगन्जबाट १७ जनालाइृ पक्राउ गरेको छ। प्रहरीले फागुन २१ गते पाँच, फागुन ७ गते तीन, पुष ३ गते तीन र मंसिर १४ गते ६ गरी २१ जनालाई वीरगन्जका विभिन्न स्थानबाट पक्रेको हो। पक्राउ पर्ने सात भारतीय नागरिक छन्।

फागुन २१ गते अर्थात् गत सोमबार पर्सा प्रहरीले वीरगन्जको घण्टाघर नजिकै रहेको श्री लक्ष्मी मनी ट्र«ान्सफरबाट तीन भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको हो। सोमबार पक्राउ पर्नेहरुमा रौतहटको यमुनामाई गाउँपालिका ४ घर भएका २१ वर्षीय इस्तेखार आलम र २५ वर्षीय ताहिर अन्सारी, भारत बिहारको गोपालगन्जका ३२ वर्षीय नदिम आजम, २६ वर्षीय आसिफ खान र २४ वर्षीय मन्टु कुमार राम रहेका छन्।

पक्राउ परेकाहरुको साथबाट बाट नगद २ लाख १४ हजार रुपैयाँ, नेपाली र भारतीय सिम कार्ड सहितको मोबाइल फोन सेट ६ थान, विभिन्न व्यतिको पासपोर्ट साइजको फोटो ६ थान, विभिन्न व्यतिmको नागरिकता, मतदाता परिचयपत्र तथा भारतीय आधार कार्ड १५ थान र विभिन्न बैंकको भौचर ६ थान बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.