देब्रेको साटो दायाँ घुँडाको अप्रेशन : चिकित्सकद्वयलाई निलम्बनको तयारी

 देब्रेको साटो दायाँ घुँडाको अप्रेशन : चिकित्सकद्वयलाई निलम्बनको तयारी

काठमाडौं : देब्रे घुँडाको उपचार गर्न गएकी विन्दु पौडेलको दायाँ घुँडाको अप्रेशन गर्ने चिकित्सकद्धय प्रविण नेपाल र शैलेज रञ्जितकारलाई नेपाल मेडिकल काउन्सिलले निलम्वन गर्ने भएको छ।

चितवन, भरतपुरकी पौडेलको देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार गर्नु पर्नेमा नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत चिकित्सक द्धय नेपाल र रञ्जितकारले एक साता अघि दायाँ घुँडाको अप्रेशन गरेका थिए। काउन्सिलको इथिकल कमिटिले चिकित्सकद्धय नेपाल र रञ्जितकारसँग मौखिक एवं लिखित बयान लिनुका साथै विज्ञहरुको राय समेतका आधारमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालेको छ। इथिकल कमिटिका एक सदस्यले भने,‘कारवाहीस्वरुप निलम्बन गर्नु पर्ने निष्कर्षमा पुगेका छौं। निलम्बन कति अवधिका लागि गर्ने भन्ने कुरामा छलफल भइरहेको छ। टुंगो लागेको छैन।’

अप्रेशन गर्नु अघि डा. नेपाल र रञ्जितकारले विरामी र सहयोगी स्वास्थ्यकर्मीसँग परामर्श नगरेको पाइएको छ। विरामीलाई बेहोस गराउनु अघि र वेहोस गराएपछि आवश्यक परामर्श नगरि अप्रेशन गर्नु लापरवाही भएको काउन्सिल स्रोतले बतायो। ‘एउटा घुँडाको उपचार गर्न आएको व्यक्तिको अर्को घुँडाको उपचार गर्नु नै लापरवाही हो,’स्रोतले भन्यो,‘ अप्रेशन गर्नु अघि विरामीको अवस्था बारे सबै कुरा अवगत गराउनु पर्ने हुन्छ। त्यो पनि पालना गरेको पाइएन। अप्रेशन गर्दा विरामीसँग सहमति लिनु पर्नेमा त्यसको समेत वेवास्ता गरियो।’

त्यसका साथै अप्रेशन पछि हतार ÷हतारमा पीडित पक्षसँग सहमति गरिएको र उपचार गराउन नखोजेको खुट्टाको घुँडा समस्या भएको जबरजस्ती जिकिर गरि लापरवाही ढाकछोप गरेको पाइएको काउन्सिल स्रोतले बतायो। काउन्सिलको इथिकल कमिटि समक्ष पनि चिकित्सकद्धय नेपाल र रञ्जितकारले इथिकल कमिटिसमक्ष दायाँ घुँडामा पनि समस्या देखिएकोले आफूहरुले अप्रेशन गरेको जिकिर गरेका थिए।

यस विषयमा पीडित पक्षले उजुरी नगरेपनि सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा छानविन अघि बढाइएको काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले बताए। एउटा घुँडामा गर्नुपर्ने अप्रेशन अर्को घुँडामा गरेपछि पीडितका आफन्तले तत्कालै विरोध गरेका थिए। अप्रेशनमा संलग्न डा. नेपाल र रञ्जितकारले भुलवश मानवीय त्रुटी हुन गएको स्वीकार गर्दै फागुन १७ गते पीडित पक्षसँग मिलापत्र गरेका थिए।

३८ वर्षिया पौडेलको अप्रेशन गरिएको दायाँ घुँडाको कारण भविष्यमा आइपर्ने स्वास्थ्य समस्याको उपचार गर्ने सहमति अस्पतालले गरेको थियो।

चिकित्सकद्धयका त्रुटीहरु

देब्रेको साटो दायाँ घुँडाको अप्रेशन गरेको

अप्रेशन गर्नु अघि विरामी पक्षलाई विस्तृत जानकारी नगराएको

अप्रेशनका बेला एनेस्थेसिष्ट लगायत स्वास्थ्यकर्मीसँग संवादहिनता

अप्रेशन गर्दा विरामीसँग सहमति नलिएको

अप्रेशन पछि पीडित पक्षसँग गोप्य सहमति

देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार र यस सँग जोडिएर आउने नसा लगायतका समस्याहरु निःशुल्क उपचार गर्ने जिम्मेवारी अस्पताल व्यवस्थापनले लिएको छ। यसका साथै दुवै गोडाहरुको भविष्यमा हुन सक्ने सम्पूर्ण उपचार निःशुल्क गरिने गरि अस्पताल व्यवस्थापन पक्षले पीडित पक्षसँग सहमति गरेको थियो।

अप्रेशनका बारेमा इथिकल कमिटिले सम्बन्धित विधाका विज्ञ चिकित्सकहरुसँगसमेत परामर्श गरि राय लिएको थियो। अस्पतालबाट आवश्यक कागजपत्र समेत माग गरि पाँच सदस्यीय इथिकल कमिटिले एक साता सम्म अनुसन्धान गरेको थियो।

 

इमानमा रहन युवा चिकित्सकलाई आग्रह

काठमाडौं। चिकित्सा सेवामा रहँदा आम्दानी भन्दा इज्जतलाई जोड दिनु पर्नेमा जोड दिंदै मन्त्री एवं बरिष्ठ चिकित्सकहरुले युवा चिकित्सकहरुलाई निरास नहुन सुझाव दिएका छन्।

महाराजगन्ज चिकित्सा क्याम्पसबाट ग्रयाजुएट गरिसकेका विद्यार्थीहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले विदेशी दुतावासमा लाइन लागि भाग्ने गरि भिसाको खोजीमा नउँभिन आग्रह गरे। उनले भने,‘ निराश भएर जीवन चल्दैन। भागेर मुलुक बन्दैन।’

चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा. जगदीश अग्रवालले चिकित्सा ज्ञान, सिप र नैतिकतामा रहेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। उनले भने,‘पैसा नै सबथोक होइन। इमानलाई पनि ध्यान दिंदै करिअर अघि बढाउनु होला।’

कार्यक्रममा बोल्दै बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले असल नियतका साथ नैतिकता र कानूनी दायरामा रहेर कार्य गर्न सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.