यूएफसीकी पाल्मर

यूएफसीकी पाल्मर

भनिन्छ, सुन्दरता नै महिलाको सबैभन्दा ठूलो गहना हो। जो सुन्दर र आकर्षक छन्, उनीहरूको चर्चा एउटा कुनामा मात्र सीमित नभई संसारभर हुन्छ। चाहे जुनसुकै क्षेत्रका किन नहुन्, उनीहरूको परिधि सुन्दरताकै कारण फराकिलो बनेको हुन्छ। खेल कौशलका साथै शारीरिक सुन्दरताले पनि विश्वभर ख्याति पाएको व्यक्तित्व हुन्, ब्रिटिनी पाल्मर। मार्सल आर्ट्स (यूएफसी) की खेलाडी उनको खेलभन्दा बढी चर्चा सुन्दरताको हुन्छ।

Brittney+Palmer+Fighterयूएफसी निकै कठिन खेल हो। मार्सल आर्ट्सका धेरै खेललाई मि श्रण गरिएको यो खेल पछिल्लो समय लोकप्रियताका साथै खतरनाक खेलका रूपमा पनि चिनिन्छ। बक्सिङ, कराँते, तेक्वान्दो, जुडो, उसु, किक बक्सिङ, मुवाँ थाईलगायत धेरै खेलको मि श्रण गरिएको यूएफसी रिङ फाइट हो। यूएफसीलाई मूलतः व्यावसायिक खेल मानिन्छ। फाइट जति ‘टफ’ मानिन्छ, त्यही अनुपातमा खेलाडीले पैसा पनि कमाउँछन्। स्टामिना र टेक्निक मुख्य हतियार मानिने यो खेलमा पाल्मरले दबदबा राख्दै आएकी छन्।

यूएफसीको इतिहासमा ‘टप रिङ गर्ल’को परिचय बनाएकी पाल्मरले खेलकुद क्षेत्रकी सबैभन्दा सुन्दर महिलाको उपमा पनि पाएकी छन्।

यूएफसीको इतिहासमा ‘टप रिङ गर्ल’को परिचय बनाएकी पाल्मरले खेलकुद क्षेत्रकी सबैभन्दा सुन्दर महिलाको उपमा पनि पाएकी छन्। गोरो अनुहार, हँसिलो चेहरा, अग्लो र आकर्षक जीउडालले उनको व्यक्तित्व सिंगारेको छ। उनकै योग्यता, क्षमता र सुन्दरताले नै यूएफसीले विश्वभर लोकप्रियताको शिखर चढ्योे भन्नेहरू पनि छन्। ३० वर्षको उमेरमा पनि उनले आफ्नो प्रदर्शनलाई पहिलेझैं निरन्तरता दिएकी छन्। उमेरले नेटो काटे पनि उनले आफ्नो सुन्दरता र खेललाई भने ओरालो लाग्न दिएकी छैनन्। उनले आफ्नो खेल्ने शैलीलाई थप परिस्कृत बनाउँदै लगेकी छन्। उनी एएमएममा लामो समयदेखि ‘सेक्सी एन्ड हटेस्ट वुमन’ को उपाधि पाउँदै आएकी छन्।

अमेरिकाको सान डियगो, क्यालिफोर्नियामा सन् १९८७ मा जन्मिएकी पाल्मर यूएफसीमा ‘ओक्टागन गर्ल’ को नामले परिचित छिन्। सन् २०१४ मा लगनगाँठो कसेकी उनले वैवाहिक रूपमा भने केही कठिन परिस्थितिको सामना गर्नुपर्‍यो। उनका पति आरोन जालेविन्स्की विभिन्न आरोपमा विभिन्न समयमा पक्राउ पर्ने र छुट्ने क्रम जारी रह्यो। पछिल्लो समय भने पतिले उनलाई समय दिएका छन्। हरेक दिन उनी पाल्मरलाई ‘स्पाइरिङ’ आफंैले गराउँछन्।

पाल्मर घुम्न निकै मन पराउँछिन्। उनको सबैभन्दा ठूलो चाहना नै नयाँनयाँ ठाउँ घुम्नु र नयाँ साथी बनाउनु हो। ‘मलाई सबैभन्दा मनपर्ने कुरा नै विभिन्न ठाउँको घुमघाम हो,’ पाल्मर भन्छिन् ‘नयाँनयाँ ठाउँ घुम्दा मन आनन्दित हुन्छ।’

ब्रिट्नी पाल्मरको परिचय सुन्दर महिला खेलाडीमा मात्र सीमित छैन। उनले आफ्नो परिधिलाई निकै फराकिलो बनाएकी छन्। यूएफसीमा कुशल फाइटरको परिचय बनाउनुअघि नै उनले विभिन्न क्षेत्रमा हात हालिन्। उनी एक चर्चित कार्यक्रम सञ्चालिका पनि हुन्। थुप्रै कार्यक्रम ‘होस्ट’ गरेकी उनी चर्चित ‘आर्टिस्ट’ पनि हुन्। उनले बनाएका थुप्रै चित्र लाखौं डलरमा बिक्री भएका छन्। उनका चित्र अनलाइनमार्फत बिक्री हुन्छन्। सानैदेखि चित्र बनाउन सोखिन पाल्मरले उच्च शिक्षा पनि ‘फाइन आर्ट’ मा गरिन्। सो विषयमा पढ्न लास भेगसबाट लस एन्जलसमा बसाइँ सरिन्।

पाल्मरको अर्को पाटो हो, मोडलिङ। आकर्षक जीउडालका कारण उनले थुप्रै कार्यक्रममा र्‍याम्प नापेकी छन्। उनले मनोरञ्जन क्षेत्रमा १८ वर्षको उमेरमै हात हालेकी थिइन्। सानै उमेरमा उनले ‘आल्टिमेट भेराइटी सो’मार्फत रंगीन संसारमा ‘डेब्यु’ गरिन्। त्यसपछि उनकै थुप्रै तस्बिर म्याक्सिम, एफएचएम र प्लेब्वायमा छापियो। उनी कुशल नर्तक पनि हुन्। उनले अमेरिका र युरोपका थुप्रै सहरमा नृत्यकला प्रस्तुत गरिसकेकी छन्। यी विभिन्न क्षेत्रबाट लाखौं रुपैयाँ कमाउँछिन् उनी। उनले आफूले कमाएको रकम विभिन्न सामाजिक काममा खर्चेकी छन्। बहुआयामिक छवि बनाएकी पाल्मर खेलकुदबाटै बढी चिनिन चाहन्छिन्।
एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.