महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित

महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित

काठमाडौँः नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । सभामुखका लागि नेता महराको मात्रै उम्मेदवारी परेपछि शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । 

संसद सचिवालयका अनुसार सभामुखमा महराको मात्रै उम्मेदवारी परेको थियो। सभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि स‌ंघीय सं‌सदको पहिलो सभामुख महरा बनेका हुन् । 

दाङ क्षेत्र -२ बाट निर्वाचित महरा पटक-पटक मन्त्री भइसकेका छन्। महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.