मुग्लिन-नारायणगढ सडक वर्षा नलाग्दै सकिने

मुग्लिन-नारायणगढ सडक वर्षा नलाग्दै सकिने

चितवन : नारायणगढ मुग्लिन सडक खण्डमा ७९ प्रतिशत काम सकिएको छ। विश्व बैंकको अनुदानमा पुननिर्माणको काम तिब्र पारिएको यो खण्ड निमार्णकार्य बर्षा अगाडि नै सक्ने तयारी छ।

चैत्र मसान्तभित्र सडकमा एक तहको कालोपत्रे गर्ने योजना रहेको छ। त्यसपछि सवारी आवागमनमा सहज हुने आयोजनाले जनाएको छ । तीन वटा खण्डमा विभाजन गरेर निमार्णको काम भइरहेको छ। अहिले सम्मको प्रगतीका अनुसार वैशाखबाट सवारी संचालनमा समस्या नहुने बताइएको छ।

आँपटारीदेखि समलतालसम्मको अधिकांश भागमा एक तहको कालोपत्रे गरिएको छ। यसवर्ष भित्र पुरै सक्ने योजना रहेको आयोजनाले जानकारी दिएको छ। माघ १३ गतेबाट दिउँसोमा सवारी संचालन रोकेर सडक निमार्णको काम अघि बढाइएको हो। सडक आयोजनाको लागि चौथो पटक तीन म्याद थप्ने सिफारिस गरिएको छ। आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए।

आँपाटरीबाट दासढुङ्गासम्म निमार्णको जिम्मा पाएको बिएलएसीसीले ८१ प्रतिशत सम्पन्न गरेको छ। १० दशमलव ६ किलोमिटरमध्ये सात किलोमिटरमा एक तहको कालोपत्रे गरिएको छ।

दुई किलोमिटरमा कालोपत्रे गर्नका लागि प्राइम लगाइएको छ। त्यती नै दूरीको दासढुङ्गादेखि सिमलतालसम्म ८ दशमलव २ किलोमिटर कालोपत्रे गरिएको छ। निमार्ण कम्पनी उडहिल लामा जेभीलले आफ्नो भागको ८८ प्रतिशतकाम सम्पन्न गरिसकेको उडहिलका जेभीका कन्ट्र्याक्ट म्यानेजर रविन्द्र श्रेष्ठले जानकारी दिए।

निर्माणलाई तीव्रता दिन दिनको समयमा हरेक दिन ६ घण्टाका लागि उक्त सडकमा यातायात आवागमन बन्द गरिएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर खनालले बाटो बनाउन दिउँसो १० बजेदेखि ४बजेसम्म सवारी आवागमन बन्द गरिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.