फेसबुक पहुँचमा उपत्यकाका ७२ प्रतिशत बालबालिका

फेसबुक पहुँचमा उपत्यकाका ७२ प्रतिशत बालबालिका

ललितपुर : सन् २०१७ मा उपत्यकाभित्र गरिएको एउटा सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक अकाउन्ट रहेको पाइएको छ। ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ।

फेसबुकपछि बालबालिकाको रोजाइमा ‘युट्युब’ परेको छ। ‘भ्वाइस अफ चिन्ड्रेन’ले आयोजना गरेको कार्यक्रममा प्रतिमिनेट संसारभरका सात लाख मानिसले फेसबुक लगइन गर्ने र यसमा बालबालिका पर्ने तथ्य सार्वजनिक गरेको छ। ‘इन्टरनेटमा घण्टौँ बिताउने बालबालिका नजानिँदो शैलीमा यौनशोषणमा परेको देखिएको छ’, सर्वेक्षणमा सामेल सोही संस्थामा कार्यरत कृति भट्टराईले भनिन्।

सबैभन्दा धेरै समस्या दक्षिण ललितपुरमा रहेको र फेसबुकका कारण स्कुल जाँदै गरेका बालबालिकाले विवाह गर्ने क्रम बढेको उनले जानकारी दिइन्। उनीहरू घरबाट हिँडे पनि दिनभर विद्यालय नजाने र बाहिर बसेर फेसबुक चलाउने गरेका छन्। सानै उमेरमा च्याटिङ गर्ने र कुरो मिलेपछि विवाह गर्ने गरेका घटना बढ्दै गएको भट्टराईको भनाइ छ। उपत्यकाका बालबालिकाले एकभन्दा धेरै अकाउन्ट बनाएको र नचिनेका मान्छेसँग बोल्ने, साथी बनाउने गर्दा सजिलै फसेको, यौनशोषणमा परेको सर्वेक्षणमा देखिएको उनले बताइन्

केही समयअघि पाटन बस्ने कक्षा ८ मा अध्ययनरत एक किशोरीको जीवनमा यस्तै घटाना घटित भएको छ। फेसबुकका माध्यमबाट बनेका प्रेमीसँग पासवर्ड साटासाट भएको र भ्यालेनटाइन्स डेमा भेट्न नआए ती किशोरीलाई तोडमोड गरिएका तस्बिर पोस्ट गर्ने धम्की दिएको भट्टराईले बताइन्।

नेपालमा यस्ता खालका घटनालाइ मिल्ने खालका कुनै कानुन छैनन्। विद्युतीय कारोबार ऐनले पनि खासै यस्ता घटनालाई कभर गर्न सकेको छैन। कतिपय यस्ता घटनालाई कसरी अगाडि लैजाने भनेर प्रहरी पनि अन्योलमा देखिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.