माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

बैतडी :  माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर,रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शनिबार राति ९ बजे दशरथचन्द नगरपालिका २ हल्लेक– कुणीभिटा ग्रामीण सडक निर्माण गरिरहेका बेला एक्कासी माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रतिघण्टाको हिसावले पारिश्रमिक पाइने भएकाले राति पनि सडक निर्माणको काम गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।  प्युठान झुमितका २९ वर्षीय डम्बर नगरकोटी स्काभेटर चलाइरहेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.