छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गयो

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गयो

नुवाकोट : नुवाकोटका दुई छुट्टाछुट्टै स्थानमा आइतबार भएका दुर्घटनामा दुई जनाको ज्यान गएको छ। नुवाकोटको व्यस्त वट्टारबजारमा बसको ठक्करले एक जना वृद्द र वेलकोटगढीमा टिप्परले ठक्कर दिँदा एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

पासाङ ल्हामु मार्गको त्रिशूली–काठमाडौं सडकखण्डको वीचमा रहेको विदुर नगरपालिका वडा नम्बर २ वट्टारवजारमा बिहान पौने ९ वजे त्रिशूलीबाट काठमाडौं जाँदै गरेको वा४ख ७९८ नम्बरको वसले विदुर ३ फिर्केपका ७६ वर्षिय इश्वरीलाल श्रेष्ठलाई ठक्कर दिँदा उनको ज्यान गएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

बसले ठक्कर दिँदा टाउको, हात तथा शरीरका अन्य भागमा गम्भीर चोट लागेर सख्त घाइते वृद्ध श्रेष्ठको विदुरस्थित नुवाकोट सिटी अस्तिाल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो।

प्रहरीले ठक्कर दिने बस तथा त्यसका चालक विदुर नपा वडा नम्बर १२ का २७ वर्षिय सविन भुजेललाई नियन्त्रणमा लिएको छ। मृतकको आफन्तले ठक्कर दिने बस तथा चालकलाई कानुन अनुसारको कारबाही गरिनु पर्ने र मृतकका परिवारलाई बसधनीले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

यसैगरी, आइतवारै नुवाकोटको दक्षिणी भेगमा रहेको रातमाटवाट गल्छीतर्फ जाँदै गरेको  वा३ख ६६६७ नम्बरको टिप्परले कल्चेडीमा वा ७० प ४४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोटको विदुर नपा वडा नं. ९ कोलोनीका तीलकबहादुर मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिएको टिप्पर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.